विद्यालयमा पानी नभएपछि शौच गर्न झाडीतिर विद्यार्थी « Khabarhub

विद्यालयमा पानी नभएपछि शौच गर्न झाडीतिर विद्यार्थी


११ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम- अछामको मंगलसैन नगरपालिका-९ स्थित मंगला नेरा मावि ओलिगाउँमा अध्ययनरत विद्यार्थीले विद्यालयमा खानेपानीको अभावका कारण शौचालय प्रयोगमा समस्या भोग्नु परेको बताएका छन् ।

नियमित विद्यालयमा आउने विद्यार्थीले खानेपानीको उचित व्यवस्था नहुँदा शौचालय प्रयोग गर्न समस्या भइरहेको बताएका हुन् ।

यौन तथा प्रजनन स्वास्थ्य अधिकार र बृहत् यौनिकता शिक्षासम्बन्धी भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी किशोरीले महिनावारी हुँदा विद्यालयबाट प्रदान हुने सेनेटरी प्याडले नियमित विद्यालयमा आउने वातावरण बने पनि शौचालय र पानीको व्यावस्था नहुँदा समस्या हुने गरेको बताएका हुन् ।

‘विद्यालयमा चारवटा धारा र ६ वटा शाैचालय छन्, तर न धारामा पानी आउँछ न शौचालय प्रयोगमा छन्,’ कक्षा ११ मा अध्ययनरत सृजना रावलले भनिन् । महिनावारी भएका बेला मात्रै होइन, विद्यालयमा नियमित शौच गर्न पनि समस्या रहेको कक्षा १० मा अध्ययनरत माया भण्डारी बताउँछिन् । ‘विद्यालयमा शौच गर्ने शौचालय छैन, विद्यालय पछाडिपट्टिको झाडीमा जानुपर्छ, खुल्ला शौच गर्दा धेरै गाह्रो हुन्छ,’ उनले भनिन् ।

शौचालय र पानीको अभावले सबैभन्दा धेरै समस्या महिनावारी भएका बेला हुने गरेको झरना परियारले बताइन् । ‘महिनावारी भएको बेलाबेलामा प्याड चेञ्ज गर्नुपर्छ, कतिपटक झाडीमा गएर प्याड चेञ्ज गरेका छौँ, जंगल वरपरतिर गाईवस्तु चराउने मान्छे हुन्छन्, धेरै समस्या छ,’  उनले भनिन् ।

विद्यालयमा स्कुल नर्सिङ कार्यक्रम लागू भएदेखि छात्रालाई सहज भएको छ । महिनावरी भएको समयमा पेट दुख्ने, बढी रगत बग्ने, ढाड दुख्ने समस्या भएमा विद्यालयमै औषधिको व्यवस्था र रेस्ट गर्न मिल्ने रुमको व्यावस्था रहेकाले आफूहरूलाई सहज भएको उनीहरूको भनाइ छ ।

विद्यालयका प्रधानाध्यापक मिनबहादुर भण्डारीले विद्यालयका समस्या व्यस्थापन समितिको बैठकमा उठाउँदै आएको बताए ।

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  २ : ४५ बजे

सुशासन कानुनी शासनबाट मात्र सम्भव, व्यक्तिवादले प्रणाली कमजोर बनाउँछ : पूर्वअर्थमन्त्री महत 

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले देशमा कानुनी

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारले लिए शपथ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सहिद दशरथचन्द स्वास्थ्य विज्ञान

श्रम निरीक्षणसम्बन्धी महासन्धि अनुमोदन

काठमाडौं–  प्रतिनिधिसभाको आजको बैठकले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को श्रम

फ्यानसेपको पोषण सुरक्षा कार्यक्रम : उत्पादनसँगै पोषण चेतना वृद्धि, दुई पालिकामा २२० समूह लाभान्वित

दोलखा– वैतेश्वर गाउँपालिका–५ मैनापोखरीस्थित कार्की गाउँका महिलाहरू अहिले घर आँगनमै

गणेश पराजुलीले भने- सरकारले कामै गरेन भन्नेको भ्रम चिर्दै अघि बढ्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वर्तमान सरकारले गरेका कामबारेमा