हाम्रो सरकार ढाल्नेको हिसाब किताब चुनावमा हुन्छ : ओली « Khabarhub

हाम्रो सरकार ढाल्नेको हिसाब किताब चुनावमा हुन्छ : ओली


११ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको पक्षमा बढेको जनलहर रोक्ने कुनै तागत कसैसँग पनि नभएको दाबी गरेका छन् ।

आफ्नो गृहनगर झापाको दमक ३ मा निर्माणाधीन भ्यूटावर अवलोकनका लागि पुगेका ओलीले आगामी निर्वाचनबाट एमाले पहिलो पार्टी स्थापित हुने निश्चित भएको पनि बताए ।

एमालेको जनलहर बढेपछि आत्तिएकाहरुले आफ्नो सरकार ढालेको उल्लेख गर्दै ओलीले आगामी निर्वाचनको परिणामले पुनः एमालेलाई सरकारको नेतृत्वमा पुर्याउने दाबी गरे ।

विगतमा एमालेको नेतृत्वमा सरकार हुँदा त्यसबेलाका आफ्नै पार्टीका केही नेताहरुले हात खुट्टा तानेको उल्लेख गर्दै ओलीले जनताले त्यसको हिसाव किताव चुनावमा गर्ने पनि बताए ।

तीन दिने जिल्ला बसाइका क्रममा ओली शनिबार झापा आएका हुन् । आइतबार उनले दमक ७ मा ३ दिन सञ्चालन भएको स्वास्थ्य शिविरको समेत समापन गरे।

सोमबार समेत आफ्नो निर्वाचन क्षेत्र झापा ५ का विभिन्न कार्यक्रममा उनी सहभागी हुने जनाइएको छ । आलीले आइतबारनै दमक ३ मा विपन्नका लागि तीनै तहका सरकारको लागतमा निर्माण भएका ३३ ओटा घर पनि हस्तान्तरण गरे।

अक्सिजन प्लान्ट शुभारम्भ

दमकस्थित दमक अस्पताल परिसरमा निर्माण गरिएको अक्सिजन प्लान्टको औपचारिक शुभारम्भ गरिएको छ । झापा क्षेत्र नं.५ का प्रतिनिधिसभा सदस्य समेत रहेका पूर्वप्रधानमन्त्री ओलीले प्लान्टको औपचारिक शुभारम्भ गरेका हुन् ।

विश्व वैंकको सहयोगमा प्लान्ट निर्माण गरिएको हो । प्लान्ट निर्माण भएसँगै अक्सिजन सिलिण्डर भर्ने कार्य समेत शुरु भएको छ । यो अस्पताल दमकको एकमात्र सरकारी अस्पताल हो ।

दमक नगरपालिका अन्तर्गत रहेको अस्पतालमा ४० घन मिटर प्रतिघण्टा क्षमताको अक्सिजन प्लान्ट सञ्चालनमा आएको हो । विश्व बैंकको लगानी र युएनओपीएस मार्फत कार्यान्वयनमा आएको योजनामा २ जना प्राविधिक समेत पूर्णकालिन रुपमा रहने अस्पताल सञ्चालक समिति अध्यक्ष समेत रहेकी दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले जानकारी दिएकी छन् ।

 

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ५ : २० बजे

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

कास्की – पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत