म्यानमारमा सेनाद्वारा ३५ भन्दा धेरै सर्वसाधारणको हत्या « Khabarhub

म्यानमारमा सेनाद्वारा ३५ भन्दा धेरै सर्वसाधारणको हत्या


११ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यङ्गुन– बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था सेभ दि चिल्ड्रेनले म्यानमारमा आफ्नो दुई कर्मचारी पछिल्लो दुई दिनदेखि बेपत्ता भएको जनाएको छ ।

लण्डनस्थित सेभ दि चिल्ड्रेन मुख्यालयले म्यानमारको सेनाले शुक्रबार काया राज्यबाट ३५ भन्दा धेरैलाई चरपन्थी भन्दै हत्या गरेको र उक्त शव जलाइएको आरोप लगाएको छ ।

यस घटनामा कम्तिमा पनि ३८ जना मारिएको र जसमध्ये धेरैको शव फेला पारेको उसको दाबी छ ।

संस्थाले विज्ञप्तिमा भनेको छ, ‘काया राज्यमा सेनाले मानिसलाई उनीहरुको कारबाट निकालेर गिरफ्तार गरेको छ र उनीहरुलाई मारेर जलाइदिएको छ।’

मृत्यु हुनेमा बालबालिका र महिला पनि रहेको दाबी गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, आफ्ना दुई हराएका कर्मचारी संस्थाको मानवीय काम पूरा गरेपछि छुट्टीमा घर जाँदै थिए ।ु उनीहरु दुई सेनाको कारबाहीमा पक्राउ परेका र त्यस समयदेखि हराइरहेका जनाइएको छ ।

तर, म्यानमारको सेनाले भने मारिने सबै चरमपन्थी भएको दाबी गरेको छ । सेनाले उक्त क्षेत्रमा हतियारधारी चरमपन्थी मारिएको दाबी गरेको हो । एजेन्सी

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ८ : ४० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै