मुक्तिनाथ बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | Khabarhub Khabarhub

मुक्तिनाथ बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न


११ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मुक्तिनाथ विकास बैंकले लुम्बिनी प्रदेशको विभिन्न स्थानहरुमा बैंकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

बैंकिङ सेवाको विस्तार र प्रोत्साहनका लागि वित्तीय साक्षरता अभियानअन्तर्गत सो कार्यक्रम गरिएको हो ।

बैंकले कोटीहवास्थित पशुपति स्कुल र कलेजमा भएको कार्यक्रममा स्कूल र कलेजका विद्यार्थीहरु तथा शिक्षकको सहभागीता रहेको थियो।

त्यसैगरी सुन्वाल–११ जारगहस्थित नेपाल प्रहरी युक्ति ट्रेनिङ सेन्टरमा पनि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको बैंकले जनाएको छ।

ती कार्यत्रमहरुमा बैंकिङ सेवा सुविधा, डिजिटल बैंकिङ प्रविधि, बचत खातालगायत बैंकिङ क्षेत्रका विविध आयामबारे जानकारी गराइएको थियो। यस अभियानबाट स्थानीय तहमै वित्तीय सुविधाबारे चेतना तथा पहुँच पुर्‍याउने उद्देश्य बैंकले लिएको छ।

साथै बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।

त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ (बचत सेवाका लागिः ९८०१११००२२, कर्जा सेवाका लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ।

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ८ : १७ बजे

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला

बझाङका तीन केन्द्रको मतपेटिका हेलिकप्टरबाट संकलन गरिने

काठमाडौं । बझाङ प्रदेश सभा १ को उपनिर्वाचन पनि शान्तिपूर्ण

इलाम–२ मा यसरी हुँदैछ मतगणनाको तयारी

इलाम – इलाम–२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म