कतारमा दिउँसोको चर्को घाममा श्रमिकलाई काम लगाउन नपाइने « Khabarhub

कतारमा दिउँसोको चर्को घाममा श्रमिकलाई काम लगाउन नपाइने


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- खाडी क्षेत्रमा गर्मी बढेसँगै कतारको प्रशासनिक विकास श्रम तथा सामाजिक मामिला मन्त्रालयले यो वषर्को गर्मी महिनाका लागि पछिल्लो वर्षहरूझैँ काम गर्ने समय तोकेको छ ।

खुल्ला कार्य क्षेत्रमा काम गर्ने कामदारहरूमा जून १ देखि सेप्टेम्बर १५ तारिखसम्मका लागि काम गर्ने समयसीमा तोकेको हो । खुल्ला कार्यक्षेत्र वा घाममा काम गर्नुपर्ने कामदारहरूको लागि मात्र लागू हुने मन्त्रालयले जनाएको छ ।

यस्ता कार्य क्षेत्रमा काम गराउने कम्पनीले बिहान १० देखिदेखि अपराह्‍न ३ बजे सम्मका लागि काम बन्द गर्नु पर्नेछ । साथै कार्य समय तालिकाको सूचनापत्र कामदारले र श्रम निरीक्षकले निरीक्षण गर्न आएको बेला सजिलै देख्ने गरी टाँसिएको हुनु पर्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले भनेको छ, “नयाँ निर्णयले तातो तनावको जोखिम कम गर्न मद्दत गर्दछ जुन कामदारहरूले सामना गर्न सक्दछन्, र गर्मी अवधिमा लागू हुने स्वास्थ्य र सुरक्षा योजनाहरूलाई समर्थन गर्दछ ।”

नियम उल्लघंन गर्ने कम्पनीविरुद्ध कडा कारबाहीको चेतावनी समेत दिइएको छ।

लगातार चर्को गर्मीमा काम गर्ने कामदारका शरीरमा पानीको मात्रा कम हुने र त्यसले कामदारको किड्नीमा प्रत्यक्ष असर पर्ने विश्व स्वास्थ्य संगठनले बताउने गरेको छ ।

कतारमा विभिन्न क्षेत्रमा ३ लाख १२ हजार ६५० नेपाली कार्यरत रहेका छन् । ती मध्ये ११ हजार ९० जना महिला कामदारहरु कार्यरत छन् ।

यसैगरी, कुवेतमा पनि दिउँसोको चर्को घाममा श्रमिकलाई काममा लगाउन नपाइने भएको छ ।

कुवेतको पब्लिक अथोरिटी फर म्यानपावरले दिउँसोको चर्को घाममा काम गर्नको लागि रोक लगाउने निर्णय गरेको म्यानपावरलाई उद्धृत गर्दै अरब टाइम्सले जनाएको छ ।

यो निर्णय १ जुनदेखि ३१ अगस्टसम्म लागू हुनेछ । निर्णय अनुसार बिहान ११ बजेदेखि ४ बजेसम्म खुल्ला क्षेत्रहरुमा श्रमिकलाई काममा लगाउन नपाइने जनाएको छ । कुवेत पनि विभिन्न क्षेत्रमा गरि करिव ७० हजार नेपाली कार्यरत रहेको पाइन्छ ।

 

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ८ : २५ बजे

बाँकेमा देखिन थाल्यो डेंगु

नेपालगञ्ज- जिल्लामा डेंगुको संक्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय बाँकेले

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

बाँके – जिल्लामा डेङ्गुको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य

कानुनविपरित भीभीआईपी र भीआईपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले कार्यविधिविपरित अति विशिष्ट (भीभीआईपी) र विशिष्ट

‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी

तेहरान – इरानको रिभोलुसनरी गाड्र्सले शुक्रबार हर्मुज जलमार्ग हुँदै ‘अवैध

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको