घरमा सुख, शान्ति र सम्वृद्धी भित्र्याउने ८ बिरुवा « Khabarhub

घरमा सुख, शान्ति र सम्वृद्धी भित्र्याउने ८ बिरुवा


१४ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

घर सजाउन र घरको वातावरण हरियो बनाउन हामीहरु घरमा बिभिन्न बोट विरुवा रोप्ने गर्दछौ ।

वास्तुशास्त्र अनुसार घरमा केहि विशेष बोटविरुवा रोपेमा शुभ मानिन्छ । यी बोटविरुवाबाट निस्कने सकारात्मक ऊर्जाका कारण घरमा सुख शान्ति र धन समृद्धिको आवागमन हुने गर्दछ । यस्तोमा घरमा कुन बोटविरुवा रोप्नु लाभदायक हुन्छ त ?

१. अशोक र बास
अशोक एवम् बासको बिरुवाले घरमा सकारात्मक ऊर्जाको सञ्चार गराउँदछ । यी बोटबिरुवा घरमा भएमा सफलता समेत प्राप्त हुने मान्यता छ ।

२. तुलसी
वास्तुशास्त्र अनुसार घरको आगनमा उत्तरपूर्व एवम् पूर्व दिशामा तुलसीको बिरुवा भएमा घरमा सकारात्मक उर्जाको प्रवाह हुने र रोगव्याधी हटेर जाने मान्यता छ ।

३. साना बिरुवा
घरको उत्तरपूर्वी दिशामा साना बिरुवा जस्तै सयपत्री, लिली, अमबला, पुदीना, बेशार रोपेमा उदाउँदो सुर्यको स्वास्थ्यवर्धक किरण ठोक्किएर घरमा प्रवेश गर्ने र परीवारको स्वास्थ्यमा राम्रो प्रभाव पर्ने मान्यता छ ।

४. नीम
एंटीव्याक्टेरीयल गुणले भरीपुर्ण नीमको बिरुवा घरको वायव्य कोणमा रोपेमा दूषित वायुमण्डल शुद्ध गरी स्वच्छ पर्यावरण प्रदान गर्दछ । यसले रोगबिमारबाट समेत टाढा राख्दछ । साथै सुखद परिणम दिने मान्यता छ ।

५. अनार
अनारको बिरुवा घरमा रोपेमा हृदय रोगबाट बचाउनुका साथै लाभकारी एवं शक्तिवर्धक हुने मान्यता छ । अनारलाई घरको दक्षिणपूर्व दिशामा रोपेमा सुख सौभाग्यमा वृद्धि मान्यता छ ।

६. वेल
भगवान शिवको अत्यन्त प्रिय वेलको बिरुवा घरको उत्तर पश्चिम दिशामा रोप्नु अत्यन्त शुभ मानिन्छ ।

७. नीलो फूल
घरको उत्तर दिशामा नीलो रंगको फूलका बिरुवा रोपेमा समृद्धि ल्याउने र जीवनमा स्थिरता र पवित्रता ल्याउने मान्यता छ ।

८. मनीप्लान्ट
घरमा मनीप्लान्टको बिरुवा रोपेमा घरमा आर्थिक समृद्धि आउने मान्यता छ ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  ५ : ५८ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका