पहिरोपीडितको आवास पुनःनिर्माणका लागि सहयोग | Khabarhub Khabarhub

पहिरोपीडितको आवास पुनःनिर्माणका लागि सहयोग


१४ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– छ महिनाअघिको पहिरोले घरवास गुमाएका म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङका पहिरोपीडितको आवास पुनःनिर्माणका लागि मङ्गलबार रु साढे १६ लाखभन्दा बढी सहयोग प्राप्त भएको छ ।

मराङ–काठमाडौँ समाजद्वारा सङ्कलित रु १६ लाख ४८ हजार वडाध्यक्ष राजाराम सुवेदीलाई समाजका अध्यक्ष धनबहादुर गुरुङ र याम गर्बुजाले हस्तान्तरण गरेका हुन् । गत असार महिनाको पहिरोबाट घरबास गुमाएकाको पुनःबास, क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माणका लागि वडा कार्यालयले स्थापना गरेको कोषमा काठमाडौँमा बस्दै आएका मराङ जन्मथलो भएकाहरुले सहयोग जुटाएका थिए ।

वडाध्यक्ष सुवेदीले सहयोगदातालाई धन्यवाद दिँदै प्राप्त रकम आवश्यकतानुसार पहिरोपीडितको पुनःबास, पुनःनिर्माणमा परिचालन गरिने बताए ।

मराङको राम्चे, रिखा, कल्लेनी, ठूलोगाउँ र कुम्रिमा पहिरोका कारण १९ को मृत्यु र दुई जना बेपत्ता भएका थिए । तेइस घर पहिरोमा पुरिएका र बगेका थिए । कुम्रिस्थित वडा कार्यालय रहेको सामुदायिक भवन पनि पहिरोले बगाएको थियो ।

घरबास गुमाएकाहरुको पुनःस्थापनाका लागि वडा कार्यालयले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा सङ्कलित रकमबाट २८ रोपनी छ आना जग्गा खरिद गरिएको छ । आरबाङको अस्कारेमा १२ रोपनी र राम्चेमा १७ रोपनी जग्गा खरिद गरिएको छ । जग्गा खरिदमा रु ५० लाख ५० हजार खर्च भएको छ ।

खरिद गरिएको जग्गामा सडक पुर्याएर सम्याउने तयारी भएको छ । म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना)ले मराङमा १० घर निर्माण गर्ने जनाएको छ । तीन कोठा र एक शौचालयसहितको घर निर्माणमा रु पाँच लाख खर्च हुने लागत अनुमान तयार पारिएको छ ।

बाँकी घर निर्माणका लागि पनि स्रोतको खोजी गरिएको छ । धवलागिरि गाउँपालिकाले विशेष गाउँसभाबाट पहिरोपीडितको निजी आवास पुनःनिर्माणका लागि रु ४८ लाख विनियोजन गरेको छ । धवलागिरिको धारापानी, ताकम, आटेबिर र काफलडाडाँमा पनि पहिरोले क्षति पुर्याएको थियो ।

गाउँपालिकाले विनियोजन गरेको बजेट कसरी परिचालन गर्ने भन्ने टुङ्गो लागिसकेको छैन । सङ्घीय सरकारले पहिरोपीडितको घर बनाउन हिमाली जिल्लाका लागि रु पाँच लाखका दरले अनुदान उपलब्ध गराउने कार्यविधि पारित गरेको विघटित प्रतिनिधिसभाका सदस्य भूपेन्द्रबहादुर थापाले बताए ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  १० : ४९ बजे

बाँकेमा पाँच हजार हेक्टर वन क्षेत्रमा डढेलो

नेपालगञ्ज– बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार

इटालियन सिरी ए : रोमा र युभेन्टसले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र युभेन्टसले बराबरी खेलेका

एस्टन भिल्लामाथि ब्राइटनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको

हमास-इजरायल द्वन्द्व : युद्ध विरामको माग बढ्दै

इजरायलको तेल अभिभमा हजारौँको प्रदर्शन भयो। प्रदर्शनकारीको एउटै माग थियो।

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

हेटौँडा– बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई