कुवेतमा एक नेपालीको कंकाल फेला ! « Khabarhub

कुवेतमा एक नेपालीको कंकाल फेला !


१४ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अब्दाली– कुवेतमा एक नेपालीको कंकाल फेला परेको छ ।

कंकाल (हड्डी र खप्पर) कुवेतस्थित अब्दालीको मरुभूमिमाबाट करिब दुई किलोमिटर टाढा भेटिएको कुवेतको फौजदारी घटना विभागले जनाएको छ । विभागका अनुसार भेटिएको कंकाल केही समय अघि हराएका नेपाली नागरिकको रहेको अनुमान गरिएको छ ।

कंकाल बालुवाले ढाकेको अवस्थामा फेला परेको हो। जंगली कुकुरहरूले उक्त स्थानमा उत्खनन् गरेपछि घटना सार्वजनिक भएको ती अधिकारीले बताए ।

कुवेतको आन्तरिक मन्त्रालयलाई एक कन्ट्र्याक्टिङ कम्पनीमा काम गरिरहेका एक प्रवासीले फोन गरेर आफू काम गर्न जाँदै गर्दा मानव खप्पर देखेर प्रहरीलाई खबर गरेका थिए ।

अनुसन्धान विभागले उक्त स्थानमा थप कर्मचारी पठाएर हत्याराको पहिचान गर्न गरिरहेको जनाएको छ । साथै हत्यारा अझै कुवेतमै रहेको वा मुलुक छोडिसकेको छ भन्ने बारे पनि अनुसन्धान भैरहेको मन्त्रालयलाई उद्धृत गर्दै अरब टाइम्सले जनाएको छ । प्रहरीले उनको परिचय भने खुलाएको छैन ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  ३ : ३० बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६