कुवेतमा एक नेपालीको कंकाल फेला ! « Khabarhub

कुवेतमा एक नेपालीको कंकाल फेला !


१४ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अब्दाली– कुवेतमा एक नेपालीको कंकाल फेला परेको छ ।

कंकाल (हड्डी र खप्पर) कुवेतस्थित अब्दालीको मरुभूमिमाबाट करिब दुई किलोमिटर टाढा भेटिएको कुवेतको फौजदारी घटना विभागले जनाएको छ । विभागका अनुसार भेटिएको कंकाल केही समय अघि हराएका नेपाली नागरिकको रहेको अनुमान गरिएको छ ।

कंकाल बालुवाले ढाकेको अवस्थामा फेला परेको हो। जंगली कुकुरहरूले उक्त स्थानमा उत्खनन् गरेपछि घटना सार्वजनिक भएको ती अधिकारीले बताए ।

कुवेतको आन्तरिक मन्त्रालयलाई एक कन्ट्र्याक्टिङ कम्पनीमा काम गरिरहेका एक प्रवासीले फोन गरेर आफू काम गर्न जाँदै गर्दा मानव खप्पर देखेर प्रहरीलाई खबर गरेका थिए ।

अनुसन्धान विभागले उक्त स्थानमा थप कर्मचारी पठाएर हत्याराको पहिचान गर्न गरिरहेको जनाएको छ । साथै हत्यारा अझै कुवेतमै रहेको वा मुलुक छोडिसकेको छ भन्ने बारे पनि अनुसन्धान भैरहेको मन्त्रालयलाई उद्धृत गर्दै अरब टाइम्सले जनाएको छ । प्रहरीले उनको परिचय भने खुलाएको छैन ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  ३ : ३० बजे

भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

कपिलवस्तु – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

भदौ २४ को विध्वंसमा संलग्नलाई कारबाही नभएसम्म आवाज उठाइरहन्छु : एमाले सचिव बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले गत वर्ष भदौ

अब किम्रुङखोलाको जोखिम छैन : वडाध्यक्ष गुरुङ

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा मोदी खोलाको सहायक किम्रुङखोलाको

‘आगोले संरचना जलाए पनि इतिहास र विरासत ढाल्न सक्दैन’ : वसन्त चौधरी

काठमाडौँ – प्रसिद्ध उद्योगी एवं साहित्यकार वसन्त चौधरीले गत वर्ष

भदाै २४ ऐतिहासिक धरोहरमाथि भएको विध्वंश लोकतान्त्रिक इतिहासकै कालो दिन : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल