बसमा आगलागी हुँदा क्यामरुनमा ५३ को मृत्यु | Khabarhub Khabarhub

बसमा आगलागी हुँदा क्यामरुनमा ५३ को मृत्यु


१४ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

याउन्डे- यात्रुवाहक बसमा आगलागी हुँदा क्यामरुनमा ५३ जनाको मृत्यु भएको छ ।

पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करसँग ठोकिएर बसमा समेत आगलागी भएको अधिकारीहरूले जनाएका छन् ।

“दुर्घटनामा परी मृत्यु भएकाहरूको शव जलेको अवस्थामा रहेको छ, उनीहरूको पहिचान गर्न सकिएको छैन,” स्थानीय गभर्नर अवा फोङ्का औगस्टीनले भने ।

स्थानीय समयअनुसार दिउँसो ३ः३० बजे दुर्घटना भएको अधिकारीहरूले जनाएका छन् । मध्य पश्चिमी क्षेत्रमा पर्ने क्लिफ अफ डिस्चाङ भन्ने ठाउँमा सो दुर्घटना भएको समाचारमा जनाइएको छ ।

सरकारी अधिकारीहरूले घटनाका बारेमा अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  १० : ११ बजे

सरकार स्थायी भएर विकासमा मुद्दामा केन्द्रित भएन : नेता साउद

बाँके– सत्तारुढ नेपाली कांग्रेसका नेता एनपी साउदले सरकार स्थायी भएर

रौतहटमा जंगली हात्तीको उपद्रो बढेपछि स्थानीय त्रसित

चन्द्रपुर– लामो समयदेखि रौतहटमा पर्सा राष्ट्रिय निकुञ्जबाट आएका जङ्गली हात्तीले

अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने

खाँदबारी– सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण

गुल्मीमा यस वर्ष २४ करोड ५० लाख रुपैयाँ बराबरको सुन्तला उत्पादन

गुल्मी- गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएसँगै यहाँका कृषकले

सुनको मूल्य आजपनि बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

 काठमाडौं– नेपाली बजारमा सुनको मूल्य लगातार तीन दिनदेखि बढिरहेको छ