गृहसचिव न्यौपानेसहितको टोलीद्वारा गङ्गामायाको स्वास्थ्य अवस्थाबारे जानकारी « Khabarhub

गृहसचिव न्यौपानेसहितको टोलीद्वारा गङ्गामायाको स्वास्थ्य अवस्थाबारे जानकारी


१४ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गृहसचिव महेश्वर न्यौपाने र कानून सचिव ऋषि राजभण्डारीसहितको टोलीले वीर अस्पतालमा उपचाररत गङ्गामाया अधिकारीको अवस्थाबारे आज जानकारी लिएका छन ।

सचिवद्वयसहितको टोलीले वीर अस्पतालमा पुगेर उनको उपचार प्रबन्धबारे समेत अस्पतालका अधिकारीसँग छलफल गरेका गृह मन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए ।

टोलीले उनलाई स्वास्थ्यको ख्याल गरी अनसन तोड्न आग्रह गर्दै मागका विषयमा कानूनअनुसार आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको लामिछानेले जानकारी दिए ।

टोलीमा काठमाडौँका प्रमखु जिल्ला अधिकारी कालिप्रसाद पराजुली र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीकोसमेत सहभागिता थियो ।

द्वन्द्वका समयमा छोरा कृष्णप्रसाद अधिकारीको हत्या भएको भन्दै दोषीलाई कारवाहीको मागसहित उनी लामो समयदेखि अनशनरत छिन ।

अनशनकै क्रममा स्वास्थ्य अवस्था गम्भीर भएपछि उनको वीर अस्पतालमा उपचार थालिएको छ । उनका श्रीमान् नन्दप्रसाद अधिकारीको अनशनकै क्रममा निधन भइसकेको छ ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  १० : ४९ बजे

सङ्खुवासभा गोल्डकप फुटबल आगामी कात्तिकमा

सङ्खुवासभा– सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङमा सङ्खुवासभा गोल्ड कप फुटबल प्रतियोगिता

दुई अर्ब ३१ करोड राजस्व संकलन

कञ्चनपुर– आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले गत आर्थिक वर्षमा दुई अर्ब ३१

चाँगुनारायणको कलश हनुमानढोका ल्याइयो (तस्बिरहरु)

काठमाडौं– चाँगुनारायणको परम्परागत कलश यात्रा अन्तर्गत आज साउन शुक्ल द्वादशीका

सरकारलाई अन्जनको चेतावनी, ‘निजी क्षेत्रलाई बेवास्ता गरे भुइँको टिप्दा पोल्टाको पनि झर्ला’

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले व्यवसायीहरूको मनोबल

पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता

गण्डकी– आगामी असोजदेखि सुरु हुने पोखरा–दुबई सिधा हवाई उडानलाई दिगो