गृहसचिव न्यौपानेसहितको टोलीद्वारा गङ्गामायाको स्वास्थ्य अवस्थाबारे जानकारी | Khabarhub Khabarhub

गृहसचिव न्यौपानेसहितको टोलीद्वारा गङ्गामायाको स्वास्थ्य अवस्थाबारे जानकारी


१४ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गृहसचिव महेश्वर न्यौपाने र कानून सचिव ऋषि राजभण्डारीसहितको टोलीले वीर अस्पतालमा उपचाररत गङ्गामाया अधिकारीको अवस्थाबारे आज जानकारी लिएका छन ।

सचिवद्वयसहितको टोलीले वीर अस्पतालमा पुगेर उनको उपचार प्रबन्धबारे समेत अस्पतालका अधिकारीसँग छलफल गरेका गृह मन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए ।

टोलीले उनलाई स्वास्थ्यको ख्याल गरी अनसन तोड्न आग्रह गर्दै मागका विषयमा कानूनअनुसार आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको लामिछानेले जानकारी दिए ।

टोलीमा काठमाडौँका प्रमखु जिल्ला अधिकारी कालिप्रसाद पराजुली र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीकोसमेत सहभागिता थियो ।

द्वन्द्वका समयमा छोरा कृष्णप्रसाद अधिकारीको हत्या भएको भन्दै दोषीलाई कारवाहीको मागसहित उनी लामो समयदेखि अनशनरत छिन ।

अनशनकै क्रममा स्वास्थ्य अवस्था गम्भीर भएपछि उनको वीर अस्पतालमा उपचार थालिएको छ । उनका श्रीमान् नन्दप्रसाद अधिकारीको अनशनकै क्रममा निधन भइसकेको छ ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार  १० : ४९ बजे

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– यहाँस्थित नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति

सहकारी प्रकरणमा मुछिएकी आफ्नै सांसदमाथि छानबिन गर्न राप्रपाको माग

काठमाडौं– राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नी

मार्तडी–कोल्टी सडकमा बस सञ्चालनको अस्थायी अनुमति

बाजुरा– जिल्लाको पूर्वी तथा उत्तरी भेगमा बस सेवा सञ्चालन गर्न

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं– राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११

इजरायलसँगको व्यापार बन्द गर्ने टर्कीको घोषणा

काठमाडौं– इजरायल र हमासबीच विगत २०० दिनदेखि चलिरहेको भीषण युद्ध