विश्वभर ८ करोड ९५ लाखभन्दा धेरैले जिते कोरोना « Khabarhub

विश्वभर ८ करोड ९५ लाखभन्दा धेरैले जिते कोरोना


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  विश्वभर ८ करोड ९५ लाखभन्दा धेरै व्यक्तिले कोरोना भाइरसको संक्रमण जितेका छन् ।

पछिल्लो २४ घण्टामा ३ लाख ८२ हजारभन्दा धेरै संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर संक्रमणमुक्त हुनेको संख्या ८ करोड ९५ लाख १९ हजार ५२३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ४ लाख १८ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमित संख्या ११ करोड ३९ लाख ६१ हजार ४०५ पुगेको छ ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या २ करोड १९ लाख १३ हजार ८०६ छ । यसमध्ये ९१ हजार ४१८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार ३३६ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २५ लाख २८ हजार ३६ पुगेको छ ।

कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा पाँच लाख २२ हजार ८५२ जनाको मृत्यु भएको छ ।

यसैगरी ब्राजिलमा २ लाख ५२ हजार ९८८ जना, भारतमा १ लाख ५६ हजार ९७० जना, रूसमा ८५ हजार ३०४ जना, बेलायतमा १ लाख २२ हजार ४०५ जना, फ्रान्समा ८६ हजार १४७ जना, इटालीमा ९७ हजार २२७ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ६ : ५४ बजे

शुक्लाफाँटामा क्षयरोगीको सङ्ख्या बढ्दो

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिकामा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दो क्रममा देखिएको

हेरिटेज गार्डेनमा १३औं संस्करणको ‘नेपाल ट्याटु कन्भेसन’

ललितपुर- ललितपुरस्थित हेरिटेज गार्डेनमा १३औँ संस्करणको ‘नेपाल ट्याटु कन्भेन्सन’ जारी

इजरायलले हेज्बोल्लाहसँग युद्धविराम नगर्ने

काठमाडौं- इजरायलले अर्को साता अमेरिकाको राजधानी वासिङ्टन डीसीमा लेबनानी अधिकारीहरूसँग

तनहुँमा ‘होमस्टे’ सर्किट विकास गरिँदै

दमौली– यहाँको ऐतिहासिक तथा सांस्कृतिक सहर बन्दीपुर र धार्मिक इतिहास

अमेरिकासँग पूर्ण अविश्वासका साथ वार्तामा बस्छौँ : विदेशमन्त्री अराघची

काठमाडौं- इरानी विदेशमन्त्री सइद अब्बास अराघचीले पूर्ण अविश्वासका साथ आफूहरुले