चिनियाँ सरकारले मुस्लिम अल्पसंख्यक उईघुर जातिमाथि नरसंहार गरिरहेको बेलायती प्रतिवेदन सार्वजनिक « Khabarhub

चिनियाँ सरकारले मुस्लिम अल्पसंख्यक उईघुर जातिमाथि नरसंहार गरिरहेको बेलायती प्रतिवेदन सार्वजनिक


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बेलायतमा भर्खरै प्रकाशित औपचारिक कानुनी रायले चिनियाँ सरकारले मुस्लिम अल्पसंख्यक उईघुर जातिविरूद्ध नरसंहार गर्ने अपराध गरिरहेको अत्यन्त विश्वसनीय कानुनी प्रमाण भेट्टिएको जनाएको छ।

कानुनी विकल्पसहित प्रकाशित कानुनी रायले मुस्लिम अल्पसंख्यक उईघुर जातिलाई नष्ट गर्ने अभिप्रायसहित चिनियाँ राज्य लागिरहेको प्रमाणहरु भेट्टिएको जनाएको छ।

कानुनी निष्कर्षमा चिनियाँ सरकारले हिरासतमा लिने, श्रम शोषण गर्ने, बालबालिकालाई आमा बुबाबाट अलग्याउने, महिलाको प्रजनन क्षमता नष्ट गरिदिने, गर्भपतनसहित विभिन्न गैरमानवीय कार्यहरु गर्दै उनीहरुविरुद्ध लागिपरेको रिपोर्टमा उल्लेख गरिएको छ ।

चीनको सिन्जियाङ क्षेत्रमा मुस्लिम अल्पसंख्यक उईघुर जातिलाई विनास गर्न चीन सरकार प्रायोजित रुपमा बेलायतको एसेक्स कोर्ट चेम्बर्सका वरिष्ठ अधिवत्ताहरुले एक सय पृष्ठ लामो औपचारिक कानुनी रिपोर्टमा यस्तो तथ्य प्रकाशित गरेको बीबीसीले जनाएको छ।

अन्तर्राष्ट्रिय कानुन अनुसार चिनियाँ सरकारको गतिविधि आम नरसंहार रहेको समेत रिपोर्टमा उल्लेख गरिएको छ। रिपोर्टमा चीन सरकारले उईघुरमाथि प्रायोजित नरसंहार मच्चाएको र यसमा राष्ट्रपति सी चिनफिङ नै जिमेवार रहेको रिपोर्टले आरोप लगाएको छ ।

पर्याप्त प्रमाणको अध्ययन र विश्लेषणको आधारमा उइघुरमाथिको दमनलाई अमानवीय नरसंहामरको संज्ञा दिइएको रिपोर्टमा उल्लेख गरिएको छ । बेलायती कानुनी विज्ञहरुको यो विश्लेणलाई अदालतकै मूल्यांकन समान बैद्यानिकता नभए पनि कानुनी कारबाहीका लागि आधार भने मान्न सकिने व्यबस्था छ।

बेलायतस्थित चिनियाँ दूतावासले भने चीन सरकार विरुद्ध पश्चिमा शक्तिहरुले गलत आरोप लगाएको भन्दै आलोचना गरेको छ । बीबीसीबाट

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  १० : ५५ बजे

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

तनहु– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको

विश्वकप फुटबल : पहिलो हाफमा उरुग्वेविरुद्ध स्पेनलाई १–० गोलको अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह एच को अन्तिम

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको