अनुहारको दाग हटाउने ७ टिप्स « Khabarhub

अनुहारको दाग हटाउने ७ टिप्स


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मानिसको व्यक्तित्वमा उसको अनुहारको ठुलो भूमिका हुने गर्दछ । झट्ट हेर्दा सफा, राम्रो र चम्किलो अनुहारले सबैलाई प्रभावित पार्दछ ।

कतिपय अवस्थामा अनुहारमा आएका दागका कारणले मानिसको सुन्दरतामा ह्रास ल्याउदछ । प्राकृतिक रूपमा यस्ता दाग हटाउन घरभित्रै केही उपाय अपनाउन सकिन्छ ।

१. घ्यूकुमारी
घ्युकुमारी छालाको समग्र सुन्दरताकालागि उपयोगी मानिन्छ । यसको गुदीलाई नियमित दाग आएको भागमा लगाई ४५ मिनेटपछि धुने गरेमा एक महिना भित्रै सुधार देख्न सकिन्छ ।

२. चन्दन
चन्दनलाई घोटेर गुलाबजल अथवा दूधसँग मिसाई यसको तयार लेपलाई दाग भएको ठाउँमा दल्नाले र एक घण्टापछि पखाल्ने दाग हराएर जान्छ ।

३. स्ट्रबेरी
पाकेको स्ट्रबेरीको लेप बनाई नियमित दाग भएको ठाउँमा लगाई १५ मिनेटपछि चिसो पानीले धुने गरेमा केही साताभित्रै अनुहारको दाग हराउँदै जान्छ ।

४. खरबुजा
खरबुजाको रस निकालेर त्यसमा चामलको लेप मिसाएर अनुहारमा लगाई १५ मिनेटपछि धुने गर्नाले केही सातापछि दाग कम हुँदै जान्छ ।

५. मेवा
पाकेको मेवालाई दाग भएको ठाउँमा नियमित हल्का मसाज गर्ने र २० मिनेटपछि मनतातो पानीले धुने गर्नाले अनुहारको दाग हराएर जान्छ ।

६. कागती
दाग भएको ठाउँमा कागतीको रस लगाएर आधा घण्टापछि धोएमा दाग हराउँदै जान्छ । तर यसको नतिजा देखापर्न २/३ महिनासम्म लाग्न सक्छ ।

७. बदाम
बदामलाई पानी वा दूधमा १२ घण्टा भिजाई यसको बोक्रा फालेर बनाइएको लेपलाई गुलाबजलसँग मिसाएर दाग भएको ठाउँमा दलेर केहीबेरमा धोएमा दाग हराउँदै जान्छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  १ : ५२ बजे

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी