आधुनिक सडक बत्ती जडान गरिँदै | Khabarhub Khabarhub

आधुनिक सडक बत्ती जडान गरिँदै


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले दुई महिनाभित्र बढी प्रकाश दिनसक्ने बत्ती (हाइमास्ट लाइट) जडान कार्य शुरु हुने जनाएको छ ।

महानगरपालिकाले शहरका मुख्यमुख्य सडकको करीब ६० किलोमिटर क्षेत्रमा आधुनिक सडक बत्ती जडान गर्नका लागि अहिले बोलपत्र आह्वान गरिसकेको छ । आगामी दुई महिनाभित्र प्रक्रियागतरुपमा सबै कार्यसक्ने र बत्ती जडान शुरु हुने महानगरको शहरी पूर्वाधार विकास विभाग प्रमुख राम थापाले जानकारी दिए ।

गत मङ्सिर २५ गते महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच सहमतिपत्रमा हस्ताक्षर गरेसँगै प्रक्रिया अघि बढाइएको हो । प्रमुख उज्यालो अभियानअन्तर्गत आधुनिक सडक बत्ती जडान कार्य अघि बढाइएको हो ।

महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका करीब ८० स्थानमा बढी प्रकाश दिनसक्ने आधुनिक बत्ती (हाइमास्ट लाइट) जडान गर्ने लागेको हो ।

सडकमा करीब एक हजार ७५० आधुनिक बत्ती जडान गर्न महानगर र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी रहनेछ । जहाँ महानगरको ६० प्रतिशत र नेपाल विद्युत् प्राधिकरणको ४० प्रतिशत लगानी रहनेछ ।

प्रमुख थापाका अनुसार पहिलो चरणमा विमानस्थलदेखि त्रिपुरेश्वर हुँदै कलङ्कीसम्म, त्रिपुरेश्वरदेखि महाराजगञ्जसम्म र सिंहदरबार वरिपरि आधुनिक सडक बत्ती जडान गरिने छ ।

पुतलीसडकदेखि बालुवाटारसम्म र त्रिभूवन विमानस्थलदेखि हायत होटलसम्म पनि पहिलो चरणमै जडान गरिनेछ । थापाले नयाँ बानेश्वर, माइतीघरलगायतका स्थानमा अहिलेकै खम्बा प्रयोग गरेर आधुनिक बत्ती जडान गरिने बताए । पहिलो चरणको बत्ती जडानका लागि रु ११ करोड खर्च हुने भएको छ ।

नयाँ पोल थप्नुपर्ने स्थानमा स्वीकृति दिने, नयाँ बत्ती जडानका क्रममा बिग्रिएका फुटपाथलगायतका संरचनाको निर्माण सडक विभागले गर्ने पनि सहमति भएको छ । अहिले काठमाडौँका मुख्य सडक राष्ट्रपति कार्यालय आसपासका सडक, कालिमाटीका सडकमा बत्ती नहुँदा पैदल यात्रु र सवारी चालकले समस्या भोगिरहेका छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  २ : ३५ बजे

बारपाकको दलित बस्ती : घरधुरी २१, शौचालय एक

गोरखा– दिपासा बिक (१८ महिने सुत्केरी) हरेक दिन बिहानको ३–४

रामकुमारीले भनिन्- पार्टीकै नेताले जथाभावी गाली गरेको सुनेँ, स्पष्टीकरणबारे थाहा छैन

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले आफूलाई पार्टीले सोधेको

कृषिमन्त्री अधिकारीले भने- पशु कल्याण ऐन छिट्टै जारी हुन्छ 

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले यही सरकारको पालामा

मेराविरुद्ध नेताहरूले दिएको अभिव्यक्तिप्रति राजनीतिक प्रतिवाद गर्छु : रामकुमारी झाँक्री

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले आफूलाई

फर्सीको मुन्टा खानुका फाइदाहरू

काठमाडौं– हरियो सागपात मानव स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ ।