कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्थामा सामान्य सुधार « Khabarhub

कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्थामा सामान्य सुधार


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्यमा सामान्य सुधार आएको छ ।

नर्भिक अस्पतालका न्युरो सर्जन डा. राजीव झाले शुक्रबारको तुलनामा जोशीको स्वास्थ्य अवस्थामा सामान्य सुधार देखिएको जानकारी दिए ।

जोशीको उपचारमा संलग्न डा. झाका अनुसार शनिबार बिहानदेखि जोशीका दायाँ हातखुट्टा अलि अलि चलाउन थालेका छन्।

चिकित्सकले बोलाउँदा उक्त हात खुट्टाका माध्यमबाट सङ्केत गर्न थालेको उनले जानकारी दिए । अवस्था सुधारोन्मुख भएपनि उनलाई जोखिममुक्त भन्न नसकिने उनको भनाइ छ ।

डा. झाले भने, ‘शनिबार बिहानदेखि दायाँपट्टिको शरीरको भाग हातखुट्टाहरु चल्न थालेका छन् । देब्रेपट्टि प्यारालाइसिस भएकै देखिन्छ । बाँकी प्यारामिटरहरु ठीकै ठीकै छ । उहाँ कोमामै हुनुहुन्छ । अवस्था अलि गम्भीर नै छ । हिजोभन्दा केही सुधार भएको देखिन्छ तर खतरामुक्त भने हुनुहुन्न ।’

जोशीलाई बिहीबार राति मस्तिष्काघात भएको थियो । अहिले उनको नर्भिक अस्पतालको आईसीयूको भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ४ : ०२ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट