कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्थामा सामान्य सुधार | Khabarhub Khabarhub

कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्थामा सामान्य सुधार


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्यमा सामान्य सुधार आएको छ ।

नर्भिक अस्पतालका न्युरो सर्जन डा. राजीव झाले शुक्रबारको तुलनामा जोशीको स्वास्थ्य अवस्थामा सामान्य सुधार देखिएको जानकारी दिए ।

जोशीको उपचारमा संलग्न डा. झाका अनुसार शनिबार बिहानदेखि जोशीका दायाँ हातखुट्टा अलि अलि चलाउन थालेका छन्।

चिकित्सकले बोलाउँदा उक्त हात खुट्टाका माध्यमबाट सङ्केत गर्न थालेको उनले जानकारी दिए । अवस्था सुधारोन्मुख भएपनि उनलाई जोखिममुक्त भन्न नसकिने उनको भनाइ छ ।

डा. झाले भने, ‘शनिबार बिहानदेखि दायाँपट्टिको शरीरको भाग हातखुट्टाहरु चल्न थालेका छन् । देब्रेपट्टि प्यारालाइसिस भएकै देखिन्छ । बाँकी प्यारामिटरहरु ठीकै ठीकै छ । उहाँ कोमामै हुनुहुन्छ । अवस्था अलि गम्भीर नै छ । हिजोभन्दा केही सुधार भएको देखिन्छ तर खतरामुक्त भने हुनुहुन्न ।’

जोशीलाई बिहीबार राति मस्तिष्काघात भएको थियो । अहिले उनको नर्भिक अस्पतालको आईसीयूको भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ४ : ०२ बजे

बझाङ अपडेट : कांग्रेस- ८२२७, एमाले- ७९७४, मत अन्तर २५३

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

लगानी सम्मेलन आज पनि जारी रहने

काठमाडौं– तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ । काठमाडौंको

स्पेनिस ला लिगा : रियल बेटिस र सेभिल्लाको बरबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस र सेभिल्लाले बराबरी

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।