आफू निकटका शिक्षकलाई प्रचण्डले भने- म अन्यायमा परेँ, न्यायको झण्डा बोकिदिनूस् « Khabarhub

आफू निकटका शिक्षकलाई प्रचण्डले भने- म अन्यायमा परेँ, न्यायको झण्डा बोकिदिनूस्


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूमाथि प्रधानमन्त्री केपी ओलीको प्रहार धेरै भएपछि पार्टी एकतामा संकट पैदा भएको बताएका छन् ।

जाउलाखेलमा शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले आफू अन्यायमा परेको बताए । न्याय र सत्यका पक्षमा बोलिदिन पनि प्रचण्डले शिक्षकहरुलाई आग्रह गरे ।

कार्यक्रममा प्रचण्डले भने, ‘प्रधानमन्त्री ओलीले म माथिको प्रहार तीव्र पार्नुभयो । त्यसैले पार्टी एकतामा संकट पैदा भयो । अब तपाईंहरुले सत्य र न्यायको झण्डा बोकिदिनु पर्‍यो ।’

ओलीसँग बेइमानी छलकपट बाहेकको कुनै क्षमता नभएको टिप्पणी प्रचण्डले गरे। जेलमा बस्दा पनि ओलीले चाणक्य नीतिबाहेक केही नपढेको आरोप लगाए। उनी अहिले राजनीतिमा शकुनी पात्रको रुपमा देखिएको प्रचण्डको भनाइ छ।

उनले भने, ‘केपीको क्षमता भनेकै त्यही हो। विचार इमान्दारमा कुनै क्षमता छैन। बेइमानी छलकपट बाहेक केही क्षमता छैन। जेलमा चाणक्य नीतिबाहेक केही पढेन छन् । शकुनी उनलाई धेरै मनपर्छ। शकुनी उनको मनपर्ने पात्र हो। त्यसैले शकुनीको भूमिकामा छन् उनी।’

शिक्षकलाई संगठित हुनबाट ओलीले रोकेको आरोप लगाउँदै प्रचण्डले पार्टी एकता नभए पनि शिक्षक संगठन एकता नहुनुको दोषी ओली भएको बताए ।

ओली सँगको लडाइ अदालतको फैसलासँगै जितिएको प्रचण्डको भनाइ छ ।

आलोपालो अध्यक्ष र प्रधानमन्त्रीको सहमतिबाट ओली पछि हटेको तथा समाजवाद उन्मुख पार्टीको अवधारणा बनाउन हस्ताक्षर गर्ने पहिलो नेता पनि ओली नै भएको प्रचण्डको टिप्पणी छ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ३ : ३० बजे

न्युयोर्क : धावनमार्गमै दमकलमा ठोक्किएर जहाज दुई टुक्रा, पाइलटको मृत्यु, ४१ घाइते

न्युयोर्क- न्युयोर्कस्थित लागार्डिया विमानस्थलमा एयर क्यानडाको एउटा विमान दमकलसँग ठोक्किँदा

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल चैत १० गते मंगलबार चैत

आज २०८२ साल चैत १० गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत १० गते मंगलबार चैत

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको