सलमानको ‘इमोर्टल’ पेन्टिङ प्रदर्शनीमा « Khabarhub

सलमानको ‘इमोर्टल’ पेन्टिङ प्रदर्शनीमा


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेता सलमान खान अभिनयका अलावा पेन्टिङमा पनि उत्तिकै पोख्त छन् । उनी प्रायः आफूले गरेको पेन्टिङको भिडियो सामाजिक सञ्जालमा शेयर गरिरहन्छन् ।

अब यिनै सलमानको पेन्टिङ बेङ्लोरको कला प्रदर्शनीमा राखिने भएको छ । अबीनिन्द्रनाथ टेगोर, राजा रवि वर्मा र वी एस गायतोंडेजस्ता चर्चित पेन्टिङ कलाकारका साथ सलमानको पेन्टिङ राखिनेछन् ।

आजतकमा प्रकाशित समाचार अनुसार सामाजिक सञ्जालमा सलमानले एक पोस्टर शेयर गर्दै आफ्नो भावना लेखेका छन् । ‘अनौठो, निरास, सम्मानित र प्रसन्न महसूस गरिरहेको छु । मेरो काम यति ठूला कलाकार जस्तै राजा रवि वर्मा, अबीनिन्द्रनाथ टेगोर र वी एस गायतोंडेका साथ राखिनेछ । यो सम्मानका लागि धन्यवाद’, उनले लेखेका छन् ।

यो प्रदर्शनीमा सलमानको ‘इमोर्टल’नामक पेन्टिङ राखिनेछ । यो पेन्टिङ मदर टेरेसामा आधारित छ । सलमानले यो पेन्टिङमा हस्ताक्षर पनि गरेका छन् ।

कामको कुरा गर्दा सलमानका धेरै फिल्महरु पाइपलाइनमा छन् । उनको फिल्म ‘राधेः योर मस्ट वान्टेड भाइ’ यही इदमा रिलिज हुँदैछ ।

प्रभु देवा निर्देशित फिल्ममा सलमानको अपोजिटमा अभिनेत्री दिशा पटानी छिन् । यसबाहेक उनी ‘टाइगर ३’, ‘कभी इद कभी दिवाली’ र ‘पठान’मा पनि देखिँदैछन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ४ : २५ बजे

फ्लाईदुबईका पाँच यात्रुलाई ‘वीरता पुरस्कार’ घोषणा

जेरुसेलम– इजरायली राष्ट्रपति आइज्याक हर्जोगले बिहीबार पाँच इजरायली यात्रुलाई ‘वीरता’

पूर्वसभापति देउवालाई महाधिवेशन उद्घाटनका लागि आग्रह गरिसक्यौँ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले आइतबारबाट सुरु हुने पार्टीको

बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

काठमाडौं– बजाजले पल्सर एनएस सिरिजका लागि रविन्द्र ढाँटलाई ब्रान्ड एम्बेसडर

साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐनविपरीत कसुर

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएका