कोभिड–१९ मा ज्यान गुमाउने परिवारलाई राहत « Khabarhub

कोभिड–१९ मा ज्यान गुमाउने परिवारलाई राहत


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टिस्टुङ– मकवानपुरको थाहा नगरपालिकाले कोभिड–१९ को सङ्क्रमणका कारण ज्यान गुमाएका परिवारलाई राहत रकम वितरण गरेको छ ।

नगरपालिकाको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रमअनुसार ज्यान गुमाएका परिवारलाई प्रतिपरिवार रु एक लाख दरले राहत उपलब्ध गराएको हो ।

कोरोना भाइरसका कारण ज्यान गुमाएमा प्रतिपरिवार रु एक लाख दिने सातौँ नगरसभाले निर्णय गरेको थियो ।

थाहा नगरमा कोरोना सङ्क्रमणका कारण हालसम्म पाँच जनाले ज्यान गुमाएका छन् । ज्यान गमाएका परिवारलाई नगरप्रमुख लवशेर विष्ट तथा प्रशासन महाशाखा प्रमुख अजित घिमिरेले राहत रकमको चेक हस्तान्तरण गरे।

थाहा नगरमा कोभिड–१९ बाट मृत्यु हुनेमा थाहा–२ का ७७ वर्षीय, थाहा–३ का ३३ वर्षीय पुरुष, थाहा–४ का ५१ वर्षीय, थाहा–६ को ७६ वर्षीय र १० को ४८ वर्षीय पुरुष रहेको स्वास्थ्य शाखाका मेघराज बलामीले जानकारी दिए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ९ : ३१ बजे

प्रशान्त तामाङप्रति उर्लाबारीमा श्रद्धाञ्जली अर्पण तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

उर्लाबारी – दिवंगत गायक प्रशान्त तामाङको असामयिक निधनप्रति गहिरो दुःख

धमाधम सजाइँदै दमकमा बालेनलाई राख्ने घर (तस्बिरहरू)

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जसरी पनि हराउने

युगाण्डाको राष्ट्रपतिमा मुसेभेनी सातौँ कार्यकालका लागि निर्वाचित

कम्पाला – युगाण्डाका राष्ट्रपति योवेरी मुसेभेनी सातौँ कार्यकालका लागि अनुमोदित

मेला–महोत्सवले कलाकारलाई भ्याइनभ्याइ

गण्डकी – माघेसङ्क्रान्तिका दिन बागलुङको कुश्मीसेरामा साङ्गीतिक प्रस्तुति दिएकी गायिका

सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो

सुदूरपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ मा