संसद पुनर्स्थापनाको विषय कसैको हार वा जित होइन: सुवास नेम्बाङ « Khabarhub

संसद पुनर्स्थापनाको विषय कसैको हार वा जित होइन: सुवास नेम्बाङ


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता सुवास नेम्बाङले संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको निर्णय कसैको हार वा जितको विषय नभएको बताएका छन् ।

शनिबार सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले सर्वोच्चको आदेशलाई स्वीकार गर्दे संसदको अधिवेशनको मिति समेत तय भइसकेको अवस्थामा यसलाई हार वा जितको बिषय बनाउन नहुने समेत बताए ।

उनले केहीले प्रधानमन्त्रीको राजीनामाको कुरा उठाइरहेको भन्दै अहिले नै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने कुनै बाध्यात्मक अवस्था नरहेको स्पष्ट पारे ।

नेम्वाङले संसद पुनःस्थापना भएपछि अविश्वासको प्रस्ताव ल्याउने हल्ला सुनिएको भन्दै ओलीले सबै प्रकारको प्रस्तावको सामना गर्ने जिकिर गरे ।

अविश्वास प्रस्ताव फेल भएमा सरकार फेरि एक वर्ष चल्न पाउने व्यवस्था रहेको भन्दै उनले यसैका कारण प्रस्ताव नै ल्याउन डराएको होकी भन्ने अनुभूति भएको बताए ।

त्यस्तै नेकपा ओली पक्षका नेता गोकुल बास्कोटाले सर्वोच्च अदालतले राजनीतिक दललाई निर्देशन जारी गरेको नभइ फैसला मात्र गरेको भन्दै यसले पार्टीभित्र कुनै असर नपर्ने बताए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ७ : ४४ बजे

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव

ओखलढुंगामा यज्ञराज रोकेर अस्मितालाई दिए ओलीले टिकट

काठमाडौं – अनेरास्ववियुबाट राजनीति थालेकी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको