संसद पुनर्स्थापनाको विषय कसैको हार वा जित होइन: सुवास नेम्बाङ « Khabarhub

संसद पुनर्स्थापनाको विषय कसैको हार वा जित होइन: सुवास नेम्बाङ


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता सुवास नेम्बाङले संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको निर्णय कसैको हार वा जितको विषय नभएको बताएका छन् ।

शनिबार सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले सर्वोच्चको आदेशलाई स्वीकार गर्दे संसदको अधिवेशनको मिति समेत तय भइसकेको अवस्थामा यसलाई हार वा जितको बिषय बनाउन नहुने समेत बताए ।

उनले केहीले प्रधानमन्त्रीको राजीनामाको कुरा उठाइरहेको भन्दै अहिले नै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने कुनै बाध्यात्मक अवस्था नरहेको स्पष्ट पारे ।

नेम्वाङले संसद पुनःस्थापना भएपछि अविश्वासको प्रस्ताव ल्याउने हल्ला सुनिएको भन्दै ओलीले सबै प्रकारको प्रस्तावको सामना गर्ने जिकिर गरे ।

अविश्वास प्रस्ताव फेल भएमा सरकार फेरि एक वर्ष चल्न पाउने व्यवस्था रहेको भन्दै उनले यसैका कारण प्रस्ताव नै ल्याउन डराएको होकी भन्ने अनुभूति भएको बताए ।

त्यस्तै नेकपा ओली पक्षका नेता गोकुल बास्कोटाले सर्वोच्च अदालतले राजनीतिक दललाई निर्देशन जारी गरेको नभइ फैसला मात्र गरेको भन्दै यसले पार्टीभित्र कुनै असर नपर्ने बताए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ७ : ४४ बजे

रवि लामिछानेले चाहने हो भने दश वर्ष लगातार सभापति बन्नुहुन्छ : सरिताश्री ज्ञवाली

काठमाडौं- जेन-जी आन्दोलनपछि सरिताश्री ज्ञवालीलाई सभापति रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र

वेस्ट बैङ्कस्थित मस्जिदमा आगजनी र तोडफोड

रामल्लाह- कब्जामा रहेको वेस्ट बैङ्कको एक गाउँस्थित मस्जिदमा आगजनी तथा तोडफोड

इप्पानका नवनिर्वाचित अध्यक्ष डाँगीले गरे पदभार ग्रहण, ऊर्जा क्षेत्रलाई एकढिक्का बनाएर लैजाने प्रतिबद्धता

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का नवनिर्वाचित अध्यक्ष मोहनकुमार

हिंसामुक्त समाज निर्माण उच्च प्राथमिकतामा छ : मन्त्री बादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसझङ्ख्यक र सामाजिक सुरक्षामन्त्री