न्यायालयलाई संविधानअनुसार निर्णय गर्न सुझाव दिनुलाई दबाब भन्न मिल्दैन: नेता पौडेल « Khabarhub

न्यायालयलाई संविधानअनुसार निर्णय गर्न सुझाव दिनुलाई दबाब भन्न मिल्दैन: नेता पौडेल


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटन गर्ने असंवैधानिक कदमलाई सर्वोच्चले बदर गरेर देशलाई दुर्घटनामा जानबाट जोगाएको बताएका छन् ।

कांग्रेस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेलामा उनले प्रधानमन्त्रीको कदम असंवैधानिक हो भनेर कांग्रेसले पहिले नै भनेको भन्दै असंवैधानिक कदमलाई सर्वोच्चले बदर गरेर देशलाई दुर्घटनामा जानबाट जोगाएको बताए ।

उनले न्यायालयलाई संविधान अनुसार नै निर्णय गर्न सुझाव दिनुलाई दबाब भन्न नमिल्ने तर्क गरे ।

त्यस्तै उनले पार्टी विधानको दायराभित्र रहेर पूर्ण अनुशासित र सक्रियतापूर्वक सङ्गठन विस्तारसँगै देश जोगाउने देखि प्राप्त उपलब्धिको रक्षा समेतको भूमिका खेल्नुपर्ने पनि बताए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ७ : ५९ बजे

भाइरल मोहको जोखिम: ब्याजको मोहमा साउँको सत्यानास

काठमाडौँ– के एउटा ३० सेकेन्डको भिडियोले कसैको भविष्य बदल्न सक्छ

लुम्बिनीमा मन्त्रालयको संख्या पुनःसंरचना, अब ८ वटा मन्त्रालय रहने

दाङ– लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालयको

घट्यो डेंगु संक्रमण : प्रभावकारी बन्‍यो ‘खोज र नष्ट गर’ अभियान

काठमाडौँ– अस्पतालका बेड भरिभराउ हुन्थे, आपत्कालीन कक्षमा बिरामीको लाम लाग्थ्यो

विदेशी नागरिकलाई कुटपिट गर्ने दुईजना पक्राउ

काठमाडौँ– विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले

मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन

जनकपुरधाम– मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पूर्ण क्षमतामा सेवा सञ्चालन गरेसँगै