शहीद स्मारक ’बी’ डिभिजन लिग : बाँसबारी बराबरीमा रोकियो | Khabarhub Khabarhub

शहीद स्मारक ’बी’ डिभिजन लिग : बाँसबारी बराबरीमा रोकियो


१५ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शहीद स्मारक ’बी’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको खेलमा बाँसबारी क्लबले श्री कुमारी क्लबसँग गोलरहित बराबरी खेलेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा बाँसबारी र श्री कुमारीले पटकपटक मौका पाउँदा गोल गर्न भने सकेनन् । मध्यान्तर अघि र त्यसपछिको खेलमा दुवै टोलीबाट गोल गर्ने उत्कृष्ट प्रयास भएको थियो ।

खेल बराबरीमा सकिएसँगै बाँसबारीले लिगको दोस्रो स्थानमा प्रवेश गर्ने मौका गुमाएको छ । बाँसबारीेले सात खेलमा १५ अङ्क जोडेको छ । श्री कुमारी सात खेलमा सात अङ्क जोड्दै लिगको आठौँ स्थानमा छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ९ : ४० बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला