कांग्रेसको आज केन्द्रीय समितिको ‘आकस्मिक’ बैठक « Khabarhub

कांग्रेसको आज केन्द्रीय समितिको ‘आकस्मिक’ बैठक


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको आज केन्द्रीय समितिको ‘आकस्मिक’ बैठक बस्दै छ। कांग्रेसका नेता एवं पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशीको निधन भएपछि कांग्रेसले आज बिहान साढे ९ बजेका लागि बैठक बोलाएको हो ।

बैठकले नेता जोशीको निधनमा शोक प्रस्ताव पारित गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। मष्तिष्कघात भए काठमाडौँको नर्भिक अस्पतालमा उपचाररत नेता जोशीको शुक्रबार राति निधन भएको हो ।

नेता जोशीको निधनमा दुःख व्यक्त गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा, प्रवक्ता शर्मा, कांग्रेसका नेता तथा कार्यकर्ता, अन्य दलका नेता तथा कार्यकर्ताले मुलुकले एउटा कुशल नेता गुमाएको बताएका छन् ।

उनीहरुले नेता जोशीको निधनमा श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् । जोशीलाई गत फागुन १४ गते अस्पतालमा भर्ना गरिएको थियो।

श्रद्धाञ्जलीका लागि जोशीको पार्थिव शरीर बिहान १० बजेदेखि १ बजेसम्म पार्टी कार्यालय सानेपामा राखिने छ । उनको आजै अन्त्येष्टि गरिनेछ ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ६ : ३७ बजे

बाढीपछि करिब ८५ अमेरिकी नागरिक अझै बेपत्ता

वासिङ्टन – नेपालको हिमालयको दुर्गम क्षेत्रमा विनाशकारी बाढी आएपछि भएको

रसुवा बाढीमा ज्यान गुमाएकाप्रति चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको श्रद्धाञ्जली, ‘यो दुःखमा नेपाल एक्लै छैन’

काठमाडौं– रसुवामा गएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति चीनले गहिरो

भोटेकोशी बाढी : नाइमाद्वारा ५० लाख सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा

‘ताल फुटे पनि बुधबारको जस्तो भीषण बाढी आउँदैन’

विपद् जोखिम न्यूनीकरण प्राधिकरणकी प्रवक्ता शान्ति महत रसुवाको नेपाल-चीन सिमानामा