यौन दुर्व्यवहार आरोपमा चिकित्सक पक्राउ « Khabarhub

यौन दुर्व्यवहार आरोपमा चिकित्सक पक्राउ


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- बालिकालाई जचाउँन गएकी २५ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक चिकित्सकलाई पक्राउ गरेको छ ।

उपचारका बहानामा यौन दुर्व्यवहार गरेको आरोपमा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा कार्यरत डा.राजन जैसवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताए  ।

उनका अनुसार सोही अस्पतालमा बुधबार जन्मिएकी नन्दकी छोरीलाई उपचार गराउन पुगेकी महिलासँग अस्पतालकै केबिनमा यौनजन्य दुर्व्यवहार गरेको आरोपमा डा.जैसवाललाई पक्राउ गरिएको हो ।

अस्पतालले समेत तत्कालै डा. जैसवाललाई निलम्बन गरेको अस्पताल प्रशासक राजेश झाले एक विज्ञप्ति जारी गरी जानकारी दिए ।

डिस्चार्ज भएर घर जाने बेलामा आवश्यक सल्लाहका लागि शिशुसहित एकपटक भेट्नु भनेर डा.जैसवालले भनेअनुसार पुगेकी महिलाले बालिका जाँच्ने बहानामा आफ्नो पेट सुम्सुम्याएको, संवेदनशील अङ्ग छुनुका साथै चलाएको र अन्तमा ब्लाउजको टाँक नै खोलेर अश्लिल क्रियाकलाप गर्न लागेपछि प्रतिकार गरेको बताइन् ।

डिस्चार्ज भइसकेको अवस्थामा पुर्जामा पुनः केही औषधि लेखेर डा. जैसवालले पीडितका पतिलाई औषधि पसल पठाएर केबिनभित्र अश्लिल क्रियाकलाप गरेपछि प्रतिकार गर्दा बिरामीका कुरुवा र स्वास्थ्यकर्मी जम्मा भएको पीडितले बताइन् ।

डा.जैसवालले भने आफूले शिशु बालिकालाई आमाले स्तनपान गराउने तरिका सिकाउन खोजेको बताए ।

पीडितले शुक्रबार नै जिल्ला प्रहरी कार्यालयमा बलात्कार प्रयासको उजुरी दिएकी छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक धमलाले आरोपितलाई हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको बताए ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ७ : ५५ बजे

धर्नामा बसेकाको स्वास्थ्य र सुरक्षाको व्यवस्था गर्न सरकारसँग आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले पाँच दिनदेखि धर्नामा रहेका बैंक, लघुवित्त,

चार दिने भ्रमण सकेर फर्किए भारतीय सेना प्रमुख सेठ, के के भयो उपलब्धि ?

काठमाडौं- भारतीय स्थल सेनाका प्रमुख (सीओएएस) जनरल धीरज सेठ चारदिने

कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका

इरानसँग तत्काल वार्ताको कुनै योजना छैन : ट्रम्प

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्काल वार्ता वा छलफल गर्ने

चारदिने नेपाल भ्रमणपछि फर्किए भारतीय सेनाध्यक्ष सेठ

काठमाडौं– चारदिने नेपाल भ्रमणमा आएका भारतका स्थल सेनाध्यक्ष जनरल धीरज