माथिबाट ढुंगा खस्ने डर, सावधानीपूर्वक यात्रा गर्न आग्रह « Khabarhub

माथिबाट ढुंगा खस्ने डर, सावधानीपूर्वक यात्रा गर्न आग्रह


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– ब्रावलभीर पाखामा लागेको डढेलोले ढुङ्गा झर्ने सम्भावना बढेको छ । स्याफ्रुबेँसी–हाकु अन्तरराष्ट्रिय राजमार्गमा माथिबाट ढुंगा खस्ने सम्भावना बढेकाले त्यस क्षेत्रमा हिँड्ने व्यक्तिलाई पूर्वसावधानी अपनाउन आग्रह गरिएको छ ।

बिहीबार बिहान लाङ्टाङ राष्ट्रिय निकुञ्जमा लागेको डढेलोले जङ्गलका बुट्यान नोक्सान गरेको र ढुङ्गा झर्न सक्ने सम्भावनालाई ध्यानमा राखी त्रिशूली किनारमा रहेको राजमार्गमा सकभर पैदलयात्रा नगर्न भनिएको छ ।

यदि यात्रा गर्नैपर्ने अवस्था आए हो पुर्‍याई हिँडडुल गर्न सबैमा अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले बताए ।

डढेलो प्रभावित क्षेत्र ठाडो पाखाबाट हावाहुरी वा वर्षात्का समयमा झर्न सक्ने ससाना ढुङ्गा खसी नोक्सान पुग्न सक्ने सम्भावना बढेकाले सडक मार्गमा हिँड्दा होशियार हुन जरूरी रहेको जिल्ला विपद् व्यवस्थापन समितिले विश्लेषण गरेको छ ।

गोसाइँकुण्ड गाउँपालिका वडा नं ६ स्थित धुञ्चे गाउँको तटीय क्षेत्रमा अचानक लागेको डढेलो करीब ९० प्रतिशत नियन्त्रणमा आएको छ ।

लडेका रूख बलिरहेको र अन्य स्थानको आगो प्रायः नियन्त्रणमा आइसकेको लाङ्टाङ राष्ट्रिय निकुञ्जले जनाएको छ ।

डढेलो नियन्त्रणका लागि निकुञ्जमा सुरक्षार्थ तैनाथ नेपाली सेना विष्णुदल गण, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीलगायत सुरक्षा अङ्ग, निकुञ्जका कर्मचारी एवं स्थानीय बासिन्दा अहोरात्र खटेको निकुञ्जका वन प्राविधिक रमेश बस्नेतले बताए ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ११ : ०२ बजे

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र

विश्वप्रकाश आगामी चुनावमा नउठ्ने, भने : बाँचुञ्जेल क्षेत्र कब्जा गर्ने पक्षमा म छैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ मा

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।