अभिनेता परेश रावललाई कोरोना संक्रमण « Khabarhub

अभिनेता परेश रावललाई कोरोना संक्रमण


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–कोरोना संक्रमणको चपेटामा बलिउड कलाकारहरु पर्ने क्रम जारी छ । यही क्रममा अभिनेता परेश रावललाई पनि कोरोना संक्रमण भएको छ ।

अमर उजालामा प्रकाशित समाचारअनुसार उनले आफ्नो ट्वीटर एकाउन्टबाट आफूलाई संक्रमण भएको पुष्टि गरेका छन् । उनले केही समय अघि मात्र कोरोना भ्याक्सिनको पहिलो डोज लगाएका थिए ।

‘दुर्भाग्यले मेरो कोभिड–१९ टेस्ट रिपोर्ट पोजेटिभ आएको छ । पछिल्लो १० दिनमा जो मानिसहरु मेरो सम्पर्कमा आए, उनीहरुलाई म यो आग्रह गर्दछु कि आफ्नो कोरोना भाइरस टेस्ट गर्नुहोला’, उनले ट्वीट गरेका छन् ।

परेशले मार्च ९ मा कोरोना भ्याक्सिनको पहिलो डोज लगाएका थिए । उनले अस्पतालबाट आफ्नो तस्वीर पनि शेयर गरेका थिए । ‘वी फर भ्याक्सिन । सबै डाक्टर, नर्स, फ्रन्टलाइन स्वास्थ्यकर्मी र वैज्ञानिकलाई धन्यवाद’, खोप लगाएपछि उनले लेखेका थिए ।

केही दिन यता बलिउड कलाकारमा कोरोना भाइरसको संक्रमण दिनानुदिन देखिएको छ ।

परेश अघि मिलिन्द सोमन, आर माधवन, सिद्धान्त चतुर्वेदी, कार्तिक आर्यन, आमिर खान, रोहित सराफ र रमेश तौरानी संक्रमित भइसकेका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ११ : १० बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ २५ गते बिहीबार सन् २०२६

आज २०८३ साल भदौ २५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २५ गते बिहीबार सन् २०२६

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,