अभिनेता परेश रावललाई कोरोना संक्रमण | Khabarhub Khabarhub

अभिनेता परेश रावललाई कोरोना संक्रमण


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–कोरोना संक्रमणको चपेटामा बलिउड कलाकारहरु पर्ने क्रम जारी छ । यही क्रममा अभिनेता परेश रावललाई पनि कोरोना संक्रमण भएको छ ।

अमर उजालामा प्रकाशित समाचारअनुसार उनले आफ्नो ट्वीटर एकाउन्टबाट आफूलाई संक्रमण भएको पुष्टि गरेका छन् । उनले केही समय अघि मात्र कोरोना भ्याक्सिनको पहिलो डोज लगाएका थिए ।

‘दुर्भाग्यले मेरो कोभिड–१९ टेस्ट रिपोर्ट पोजेटिभ आएको छ । पछिल्लो १० दिनमा जो मानिसहरु मेरो सम्पर्कमा आए, उनीहरुलाई म यो आग्रह गर्दछु कि आफ्नो कोरोना भाइरस टेस्ट गर्नुहोला’, उनले ट्वीट गरेका छन् ।

परेशले मार्च ९ मा कोरोना भ्याक्सिनको पहिलो डोज लगाएका थिए । उनले अस्पतालबाट आफ्नो तस्वीर पनि शेयर गरेका थिए । ‘वी फर भ्याक्सिन । सबै डाक्टर, नर्स, फ्रन्टलाइन स्वास्थ्यकर्मी र वैज्ञानिकलाई धन्यवाद’, खोप लगाएपछि उनले लेखेका थिए ।

केही दिन यता बलिउड कलाकारमा कोरोना भाइरसको संक्रमण दिनानुदिन देखिएको छ ।

परेश अघि मिलिन्द सोमन, आर माधवन, सिद्धान्त चतुर्वेदी, कार्तिक आर्यन, आमिर खान, रोहित सराफ र रमेश तौरानी संक्रमित भइसकेका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ११ : १० बजे

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज

बझाङमा दुई पालिकाको मतगणना सकियो, कसको कति ?

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार

काठमाडौं- गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि

आगलागी र डढेलो नियन्त्रणमा गम्भीर बन्न सरकारलाई आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले देशभरि फैलिएको आगलागी

इलाम २ मा सुहाङ नेम्बाङको अग्रता कायमै

काठमाडौं । इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी