‘विक्रम वेधा’ रिमेकमा ऋतिक रोशन | Khabarhub Khabarhub

‘विक्रम वेधा’ रिमेकमा ऋतिक रोशन


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेता ऋतिक रोशन बलिउडको व्यस्त अभिनेतामा पर्दछन् । यी अभिनेता हालका दिनमा आफ्नो नयाँ प्रोजेक्टको तयारीमा व्यस्त छन् ।

बलिउड लाइफमा प्रकाशित समाचारअनुसार ऋतिक दक्षिण भारतीय हिट फिल्म ‘विक्रम वेधा’को हिन्दी रिमेकमा देखिँदैछन् । फिल्ममा उनी ‘वेधा’ अर्थात एक ग्याङस्टारको भूमिकामा अभिनय गर्दैछन् ।

फिल्ममा पुष्कर र गायत्रीको निर्देशन रहनेछ । आफ्नो भूमिकाका लागि ऋतिकले शारीरिक हाउभाउदेखि लिएर डिक्सन र फिल्ममा देखिने उनको लुक्सको तयारी थालेका छन् ।

फिल्ममा काम गर्न पाउदा ऋतिक उत्साहित छन् । फिल्मको प्री–प्रोडक्सनको काम सुरु भइसकेको छ । यसको छायांकन गर्मी मौसममा सुरु हुनेछ ।

फिल्ममा ‘विक्रम’ अर्थात एक प्रहरी अधिकृतको भूमिकामा अभिनेता सैफ अली खान देखिनेछन् । फिल्ममा ऋतिक र सैफको द्वन्द्वलाई हेर्न दर्शक व्यग्र प्रतिक्षामा छन् ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ११ : ५९ बजे

आज विश्व रेडक्रस दिवस

काठमाडौं–  ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज विश्व रेडक्रस

वनमा आगो लगाएको अभियोगमा दुईजना  पक्राउ

ओखलढुङ्गा– वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन् ।

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

आईपिएल : दिल्लीले राजस्थानलाई हरायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार राति भएको

आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु

काठमाडौं– आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७