जनकपुरधाम आइपुग्यो परिक्रमा (फोटो फिचर) « Khabarhub

जनकपुरधाम आइपुग्यो परिक्रमा (फोटो फिचर)


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धार्मिक तथा ऐतिहासिक महत्वको १५ दिवसीय मिथिला मध्यमा परिक्रमा शनिबार जनकपुरधाम आइपुगेको छ ।

विश्वको सबैभन्दा लामो १ सय ३३ किमी दूरीको पैदल परिक्रमा यात्रा १५ औं दिन जनकपुरधाम आएको हो ।

शुक्रबार भारत बिहारको बिसौलमा विश्राम गरेका श्रद्धालु कल्याणेश्वर महादेवको दर्शन गर्दै आज जनकपुरधामको रंगभुमी मैदान आइपुगेको हो ।

आइतबार विहान अन्तगृह जनकपुरधाम नगरको परिक्रमा गरी अन्तय हुने छ । परिक्रममा देश विदेश लगायत विभिन्न ठाउँका करिव ५० हजार मानिस पद यात्रा परिक्रमा गरेको बुझिएको छ। अहिले परिक्रमा यात्रीहरु जनकपुरधामको ऐतिहासिक रंगभूमि मैदान बाह्रविघा रंगभूमि मैदान, तरहुतिया गाछी मैदानमा बसेका छन्।

अहिले उक्त दुबै स्थलमा सयौँको संख्यामा पाल, त्रिपाल टाँगेर बसेका छन्।

धनुषाको मिथिला बिहारी नगरपालिकास्थित तारापट्टीबाट मिथिला बिहारीको डोला र जनकपुरको जानकी मन्दिरबाट निस्केको किशोरीजीको डोला जनकपुरको हनुमाननगरमा पुगेर परिक्रमाको विधिवत् शुरु भएको थियो।

मध्यमा परिक्रमाले भारतका चार र नेपालका ९ गरी १३ स्थानमा विश्राम लिएको थियो। १३ दिनसम्ममा मध्यमा परिक्रमाका सहभागीले कुल १ सय ३३ किलोमिटर दूरी तय गरेका छन्।

सबै भन्दा ठूलो धार्मिक पदयात्राको रुपमा रहेको मिथिला मध्यमा परिक्रमामा सहभागी हुनाले मनोवाञ्छित फल प्राप्त हुने जनविश्वास रहेको छ। मिथिला महात्मका अनुसार मिथिलामा बृहत, मध्यमा र अन्तगृह गरी तीनवटा परिक्रमाको उल्लेख पाइन्छ।

परिक्रमामा मिथिला मध्यमा परिक्रमाको अति विशिष्ट महत्व रहेको छ। मिथिला मध्यमा परिक्रमाको धार्मिक कुटनीतिका साथै पर्यटन, धार्मिक, सामाजिक तथा आर्थिक दृष्टिकोणले महत्वपूर्ण रहेको छ।

परिक्रमाको प्रारम्भबारे कतै उल्लेख नभए पनि विद्वान बरघार्टको एक अनुसन्धानका अनुसार १८औँ शताब्दिमा भारतको सीतामढीबाट आएका सन्त सीताराम दासले यो परम्पराको शुरुवात गरेका थिए। परिक्रमामा सीतारामको प्रतिमालाई बाजाका साथै घुमाउने परम्परा रहेको छ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ३ : १० बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग