जनकपुरधाम आइपुग्यो परिक्रमा (फोटो फिचर) | Khabarhub Khabarhub

जनकपुरधाम आइपुग्यो परिक्रमा (फोटो फिचर)


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धार्मिक तथा ऐतिहासिक महत्वको १५ दिवसीय मिथिला मध्यमा परिक्रमा शनिबार जनकपुरधाम आइपुगेको छ ।

विश्वको सबैभन्दा लामो १ सय ३३ किमी दूरीको पैदल परिक्रमा यात्रा १५ औं दिन जनकपुरधाम आएको हो ।

शुक्रबार भारत बिहारको बिसौलमा विश्राम गरेका श्रद्धालु कल्याणेश्वर महादेवको दर्शन गर्दै आज जनकपुरधामको रंगभुमी मैदान आइपुगेको हो ।

आइतबार विहान अन्तगृह जनकपुरधाम नगरको परिक्रमा गरी अन्तय हुने छ । परिक्रममा देश विदेश लगायत विभिन्न ठाउँका करिव ५० हजार मानिस पद यात्रा परिक्रमा गरेको बुझिएको छ। अहिले परिक्रमा यात्रीहरु जनकपुरधामको ऐतिहासिक रंगभूमि मैदान बाह्रविघा रंगभूमि मैदान, तरहुतिया गाछी मैदानमा बसेका छन्।

अहिले उक्त दुबै स्थलमा सयौँको संख्यामा पाल, त्रिपाल टाँगेर बसेका छन्।

धनुषाको मिथिला बिहारी नगरपालिकास्थित तारापट्टीबाट मिथिला बिहारीको डोला र जनकपुरको जानकी मन्दिरबाट निस्केको किशोरीजीको डोला जनकपुरको हनुमाननगरमा पुगेर परिक्रमाको विधिवत् शुरु भएको थियो।

मध्यमा परिक्रमाले भारतका चार र नेपालका ९ गरी १३ स्थानमा विश्राम लिएको थियो। १३ दिनसम्ममा मध्यमा परिक्रमाका सहभागीले कुल १ सय ३३ किलोमिटर दूरी तय गरेका छन्।

सबै भन्दा ठूलो धार्मिक पदयात्राको रुपमा रहेको मिथिला मध्यमा परिक्रमामा सहभागी हुनाले मनोवाञ्छित फल प्राप्त हुने जनविश्वास रहेको छ। मिथिला महात्मका अनुसार मिथिलामा बृहत, मध्यमा र अन्तगृह गरी तीनवटा परिक्रमाको उल्लेख पाइन्छ।

परिक्रमामा मिथिला मध्यमा परिक्रमाको अति विशिष्ट महत्व रहेको छ। मिथिला मध्यमा परिक्रमाको धार्मिक कुटनीतिका साथै पर्यटन, धार्मिक, सामाजिक तथा आर्थिक दृष्टिकोणले महत्वपूर्ण रहेको छ।

परिक्रमाको प्रारम्भबारे कतै उल्लेख नभए पनि विद्वान बरघार्टको एक अनुसन्धानका अनुसार १८औँ शताब्दिमा भारतको सीतामढीबाट आएका सन्त सीताराम दासले यो परम्पराको शुरुवात गरेका थिए। परिक्रमामा सीतारामको प्रतिमालाई बाजाका साथै घुमाउने परम्परा रहेको छ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ३ : १० बजे

उषाकिरणले भनिन्- एउटा व्यक्तिको महत्वाकांक्षाका लागि पार्टीलाई विनाशतिर लानु हुँदैन, ओलीले बिदा लिनै पर्छ

काठमाडौं– नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले एकजनाको महत्वाकांक्षाका लागि

ईश्वरी जीएमले भनिन्- टीके प्रथाले एमाले बिगाऱ्यो, सल्लाहकारले नेतृत्वलाई गलत सूचना दिएर डुबाए 

ललितपुर– नेकपा (एमाले) केन्द्रीय कमिटीको तीन दिनदेखि जारी बैठकमा केन्द्रीय

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य बढ्ने क्रम आज पनि जारी

अरबिन्द सिंहले भने- २४ घण्टामै फेल भएको ओलीको प्रतिवेदन बोकेर जनतामा जान सकिँदैन

काठमाडौं— नेकपा (एमाले) का केन्द्रीय सदस्य अरबिन्द सिंहले पार्टीको १०औं

सुनापतिका ७७ परिवार पहिरोको जोखिममा

मन्थली– रामेछाप जिल्लाको सुनापति गाउँपालिकाका ७७ परिवार पहिरोको उच्च जोखिममा