वायु प्रदूषणको प्रभाव विमानस्थलमा, उडान अवतरण प्रभावित « Khabarhub

वायु प्रदूषणको प्रभाव विमानस्थलमा, उडान अवतरण प्रभावित


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँमा बढेको वायु प्रदूषणले भिजिविलिटी कम हुँदा त्रिभुवन विमानस्थलको उडान र अवतरण प्रभावित भएको छ । विमानस्थलबाट हुने दुई दर्जन भन्दा धेरै आन्तरिक उडान स्थगित भएका छन् ।

भिजिविलिटी कम हुँदा त्रिभुवन विमानस्थलबाट हुने सबैजसो उडान स्थगित भएको विमानस्थल कार्यालयले जनाएको छ ।

सिमरा, भैरहवा, भद्रपुर, विराटनगर, पोखरा, नेपालगञ्ज, दाङ, धनगढी, तुम्लिङटार लगायतका गन्तव्यमा जाने दुई दर्जन भन्दा धेरै उडान स्थगित भएका छन् ।

कयौँ उडानमा ढिलाइ भएको छ । धनगढीको लागि श्री एअरलाइन्सले एउटा र राजविराजको लागि बुद्ध एअरले एउटा उडान भरेको छ । आन्तरिक उडान स्थगित र ढिलाइ हुँदा विमानस्थलको आन्तरिक टर्मिनल भद्रगोल भएको छ ।

उडान हुने आशामा सयौँ यात्रु आन्तरिक टर्मिलनमा कुरेर बसेका छन् । मौसममा सुधार भएमा बेलुकीपखका उडानको भने सम्भावना रहेको विमानस्थल कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ३ : ०२ बजे

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले