पछिल्लो २४ घण्टामा ८५ संक्रमित थपिए, ३ जनाको मृत्यु « Khabarhub

पछिल्लो २४ घण्टामा ८५ संक्रमित थपिए, ३ जनाको मृत्यु


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पछिल्लो २४ घण्टामा ८५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर ८५ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ७५० पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९३ जना संक्रमित कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । संक्रमणमुक्त हुनेको जम्मा संख्या २ लाख ७२ हजार ४३५ पुगेको छ ।

२४ घण्टामा २ हजार ७४५ पीसीआर परीक्षण गरिएको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या १ हजार २८८ रहेको सहप्रवक्ता अधिकारीले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा ३ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०२७ पुगेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ५ : ४६ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले