पछिल्लो २४ घण्टामा ८५ संक्रमित थपिए, ३ जनाको मृत्यु « Khabarhub

पछिल्लो २४ घण्टामा ८५ संक्रमित थपिए, ३ जनाको मृत्यु


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पछिल्लो २४ घण्टामा ८५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर ८५ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ७५० पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९३ जना संक्रमित कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । संक्रमणमुक्त हुनेको जम्मा संख्या २ लाख ७२ हजार ४३५ पुगेको छ ।

२४ घण्टामा २ हजार ७४५ पीसीआर परीक्षण गरिएको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या १ हजार २८८ रहेको सहप्रवक्ता अधिकारीले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा ३ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०२७ पुगेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ५ : ४६ बजे

इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन, अमेरिकी उपराष्ट्रपति भान्स स्वदेश फिर्ता

इस्लामावाद – इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन भएपछि अमेरिकी उपराष्ट्रपति जेडी

सांसद हर्कराज राईको भावुक भनाइ: ‘मेरो व्यक्तिगत चाहना छैन, म मरेको धेरै भयो’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

चितवनमा रास्वपा नेतासँग भेट गर्दै गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले चितवनमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी

रौतहटको ग्रामीण क्षेत्रमा वैकल्पिक ऊर्जाको प्रयोग गरिँदै

रौतहट– रौतहटको ग्रामीण भेगमा वैकल्पिक ऊर्जाका रूपमा गोबरको गुइँठा प्रयोग

इनरुवा नगरपालिकाले अतिक्रमित क्षेत्र खाली गराउँदै

सुनसरी– जिल्ला सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाको कार्यालयले पूर्वपश्चिम राजमार्गअन्तर्गत सडकपेटीको