ट्याक्टरबाट खसेर युवकको मृत्यु | Khabarhub Khabarhub

ट्याक्टरबाट खसेर युवकको मृत्यु


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा – गोरखा नगरपालिका–१० स्थित छेपेटारमा गुडिरहेको ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार मृत्यु हुनेमा ३१ वर्षका डिलबहादुर नेपाली रहेको जानकारी दिए ।

बाह्रकिलो बजारबाट आज दिउँसो छेपेटारतर्फ जाँदै गरेको ग १ त ४३७१ नम्बरको आफैँ चढेको ट्याक्टरबाट खसेर नेपालीको घटनास्थलमै मृत्यु भएको उनको भनाइ छ ।

ट्याक्टरबाट खसे लगत्तै सोही ट्याक्टरको पछाडिको भागले नेपालीलाई च्यापेको थियो । ट्रयाक्टरको ट्रलीबाट खस्दा उनको टाउँकोमा गम्भीर चोट लागेको थियो । घटनापछि ट्याक्टर र चालक उज्ज्वल कुमाललाई नियन्त्रणमा लिइएको डिएसपी दाहालले बताए ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ७ : १५ बजे

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण