ट्याक्टरबाट खसेर युवकको मृत्यु « Khabarhub

ट्याक्टरबाट खसेर युवकको मृत्यु


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा – गोरखा नगरपालिका–१० स्थित छेपेटारमा गुडिरहेको ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार मृत्यु हुनेमा ३१ वर्षका डिलबहादुर नेपाली रहेको जानकारी दिए ।

बाह्रकिलो बजारबाट आज दिउँसो छेपेटारतर्फ जाँदै गरेको ग १ त ४३७१ नम्बरको आफैँ चढेको ट्याक्टरबाट खसेर नेपालीको घटनास्थलमै मृत्यु भएको उनको भनाइ छ ।

ट्याक्टरबाट खसे लगत्तै सोही ट्याक्टरको पछाडिको भागले नेपालीलाई च्यापेको थियो । ट्रयाक्टरको ट्रलीबाट खस्दा उनको टाउँकोमा गम्भीर चोट लागेको थियो । घटनापछि ट्याक्टर र चालक उज्ज्वल कुमाललाई नियन्त्रणमा लिइएको डिएसपी दाहालले बताए ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ७ : १५ बजे

कृष्णभीर सडकखण्ड अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट काठमाडौंमा ग्यास र पेट्रोलियम आपूर्ति गरिँदै

काठमाडौं– त्रिशुली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर

नायिका वर्षा सिवाकोटीबाट बाढी पीडितलाई तीन लाख सहयोग

काठमाडौंं – नायिका वर्षा सिवाकोटीले रसुवा बाढी पीडितलाई तीन लाख

त्रिशुलीबाट पर्खाल उठाएर नबनाउने बेलासम्म पृथ्वी राजमार्ग बन्द हुने

काठमाडौं– आइतबारदेखि पृथ्वी राजमार्गमार्फत हुने सवारी यातायात बन्द भएको छ

नेपाल-चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका थप सात स्थानमा आज

भोटेकोशी बाढी : ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी

काठमाडौं– रसुवामा बुधबार बिहान गएको भोटेकोशी बाढीमा परी घाइते भएका