पेस्तोल र गोलीसहित दुईजना पक्राउ « Khabarhub

पेस्तोल र गोलीसहित दुईजना पक्राउ


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौंको गहनापोखरीबाट हतियारसहित दुईजना पक्राउ परेका छन् । सशस्त्र प्रहरीको विशेष ब्युरोको इन्टेलीजेन्स टोलीले काभ्रेका पोटे लामा र अनन्त तामाङलाई एक थान ९ एमएमको पेस्तोल र ५ राउण्ड गोलीसहित पक्राउ गरेको हो । सशस्त्रले उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरीलाई बुझाएको छ ।

सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी राजु अर्यालले उनीहरूलाई सशस्त्र प्रहरीको टोलीले पक्राउ गरी नेपाल प्रहरीलाई बुझाएको बताए । पक्राउ परेका मध्ये पोटे लामालाई ज्यान मार्ने उद्योगमा काठमाडौँ जिल्ला अदालतले १ बर्ष कैद र १५ हजार जरिवाना तोकेको थियो । २०७४ सालमा कमलादीस्थित टाइम्स क्लबमा झगडा हुँदा एक जनाको ज्यान गएको र त्यसमा लामा पनि संलग्न रहेको भन्दै अदालतले सजाय तोकको थियो । त्यसयता उनी फरार थिए ।

उनलाई सशस्त्र प्रहरीको टोलीले पक्राउ गरी बुझाएपछि थप अनुसन्धान गरी सजायका लागि जिल्ला अदालत बुझाउने प्रहरीले जनाएको छ । उनीहरू बुद्धचित्तको दाना लुटपाट गर्ने समूहमा रहेको दाबी गरिएको छ । उनीहरू विगतमा काभ्रेली समूहमा रही सुन लुटपाट र गुण्डागर्दीमा समेत संलग्न रहेको प्रहरीको दाबी छ ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ७ : ४६ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी