प्रधानमन्त्रीद्वारा जोशीको निधनप्रति दुःख व्यक्त « Khabarhub

प्रधानमन्त्रीद्वारा जोशीको निधनप्रति दुःख व्यक्त


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

आज शोक वक्तव्य जारी गर्दै उनले जोशीप्रति श्रद्धासुमन अर्पण गर्दै शोकसन्तप्त परिवारजन, शुभचिन्तक र नेपाली कांग्रेसका नेता कार्यकर्ताप्रति गहिरो समवेदना प्रकट गरेका हुन् ।

प्रधानमन्त्री ओलीले शोक वक्तव्यमा भनेका छन्, “लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान गर्नुभएका जोशीले नेपाली कांग्रेसभित्र निष्ठावान, इमान्दार, जुझारु छवि निर्माण गर्नु भएको थियो ।”

पूर्वमन्त्री तथा संविधानसभा सदस्य जोशीको काठमाडौँ थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा गएराति निधन भएको थियो । विसं २०६४ र २०७० सालमा संविधानसभाका सदस्य रहेका जोशी २०७३ सालमा मन्त्रीसमेत भएका थिए ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ९ : ३० बजे

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल