प्रधानमन्त्रीद्वारा जोशीको निधनप्रति दुःख व्यक्त « Khabarhub

प्रधानमन्त्रीद्वारा जोशीको निधनप्रति दुःख व्यक्त


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

आज शोक वक्तव्य जारी गर्दै उनले जोशीप्रति श्रद्धासुमन अर्पण गर्दै शोकसन्तप्त परिवारजन, शुभचिन्तक र नेपाली कांग्रेसका नेता कार्यकर्ताप्रति गहिरो समवेदना प्रकट गरेका हुन् ।

प्रधानमन्त्री ओलीले शोक वक्तव्यमा भनेका छन्, “लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान गर्नुभएका जोशीले नेपाली कांग्रेसभित्र निष्ठावान, इमान्दार, जुझारु छवि निर्माण गर्नु भएको थियो ।”

पूर्वमन्त्री तथा संविधानसभा सदस्य जोशीको काठमाडौँ थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा गएराति निधन भएको थियो । विसं २०६४ र २०७० सालमा संविधानसभाका सदस्य रहेका जोशी २०७३ सालमा मन्त्रीसमेत भएका थिए ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ९ : ३० बजे

बेत्रावतीबासी भन्छन्- सानोतिनो बाढी पहिला पनि आउँथ्यो, यसरी सबै लैजाला भनेर सोचेका पनि थिएनौँ

बेत्रावती– नुवाकोटका आकाशमा छिनछिनमा हेलिकप्टर उडिरहेछन् । भोटेकोशी–त्रिशुलीमा आएको विनाशकारी बाढीले

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

गोरखा– त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक र

बालेनले समन्वय नगरेपछि रविको सक्रियता : स्थानीय सरकारसँग संवादलगत्तै भेटे बागमतीका मुख्यमन्त्री

काठमाडौं– गत बुधबार गएको बाढीको चार दिनपछि राष्ट्रिय स्वतन्त्र पार्टी

जथाभाबी राहत सङ्कलन नगर्न भन्दै प्रशासन भन्यो- इच्छुकले उद्धार कोषमै गर्नुस्

भद्रपुर– रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावितका नाममा जथाभाबी आर्थिक तथा राहत

मनहरीद्वारा बाढीपीडितका लागि १० लाख सहयोग

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिकाले भोटेकोशी बाढी प्रभावितको राहत तथा उद्धारका लागि