महासङ्घको २६औँ अधिवेशनमा संयुक्त उम्मेदवारी दर्ता | Khabarhub Khabarhub

महासङ्घको २६औँ अधिवेशनमा संयुक्त उम्मेदवारी दर्ता


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल पत्रकार महासङ्घको २६औँ महाधिवेशनमा नेपाल प्रेस यूनियन, प्रेस सङ्गठन नेपाललगायतका सङ्गठनले संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका छन् ।

संयुक्त गठबन्धनको तर्फबाट अध्यक्षमा विपुल पोखरेल, वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्ष बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम र महासचिवमा रोशन पुरीले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै, खुला सचिवमा गोविन्द चौलागाईं, महिला सचिवमा सिर्जना अर्याल, आदिवासी, जनजाति सचिवमा नारायण किलम्बु, मधेशी सचिवमा दिपेन्द्र चौहान, दलित सचिवमा हेमकर्ण विकले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै, कोषाध्यक्षमा कलेन्द्र सेजुवाल उम्मेदवारी दर्ता गराउँदा लेखा समितिको संयोजकमा लेखनाथ न्यौपाने उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, स्वतन्त्र रुपमा गजेन्द्र बुढाथोकीले अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ । खुल्ला उपाध्यक्ष्मा धुव्र लम्साल, समावेशी उपाध्यक्षमा शीतलप्रसाद महतो र कोषाध्यक्षमा प्रकाश थापाले पनि उम्मेदवारी दिएका छन् ।

प्रगतिशील व्यावसायिक समूहको उम्मेदवारी

नेपाल पत्रकार महासङ्घको २६ औँ महाधिवेशनमा प्रगतिशील–व्यावसायिक–समावेशी–राष्ट्रवादी समूहका तर्फबाट वरिष्ठ पत्रकार निर्मला शर्माले अध्यक्षमा उम्मेदवारी दिएकी छन् ।

महासङ्घको इतिहासमा हालसम्म महिला अध्यक्ष भएका छैनन् । प्रेस चौतारी नेपाल, प्रेस मञ्च नेपाल, जनपत्रकार संगठन नेपाल र मिडिया नेपालको समर्थनमा सञ्चारिका समूहका पूर्वअध्यक्ष शर्माले उम्मेदवारी दिएकी हुन् ।

सो समूहबाट वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, उपाध्यक्ष महिलामा दाना केसी, उपाध्यक्ष समावेशीमा अवदेशकुमार झा, महासचिवमा बालकृष्ण बस्नेत, सचिव खुल्लामा रामकृष्ण ज्ञवाली, सचिव महिलामा निमा काफ्ले, सचिव आदिवासी जनजातिमा शाहीमान राई, सचिव मधेसीमा श्वेता सिन्हा, सचिव दलितमा मधु शाही, सचिव एशोसियटमा रामेश्वर कार्की, कोषाध्यक्षमा कृष्ण गिरी र लेखा समिति संयोजकमा द्वारिका काफ्लेले उम्मेवारी दिएका छन् । महासङ्घको निर्वाचन यही चैत २५ गते हुँदैछ ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  १० : २३ बजे

आज साउने सङ्क्रान्ति : लुतो फाल्ने दिन

काठमाडौं – सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार १ गते बिहीबार। साउन

आज २०८२ साल साउन १ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १ गते बिहीबार। साउन

पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर

लमजुङ – सुन्दरबजार नगरपालिका–६ स्थित बरेटार शिवमन्दिरको पुनर्निर्माण सुरु गरिएको