एक साधु नदी किनारमा बसेर माला जपिरहेका थिए । नजिकै बसिरहेका ब्राह्मणले जप गर्नुको कारण सोधे ।
साधुले उत्तर दिए— जप स्वर्ग प्राप्तिको लागि हो ।
ब्राह्मण पनि साधुसँगै बसे । उनले पनि एक एक मुठ्ठी बालुवा नदीमा राख्न थाले । यो देखेर साधुले सोधे— के गरेको ?
ब्राह्मणले भने— नदीमा पुल बनाउनेछु र त्यसबाट पारी जानेछु ।
मित्र ! पुल यसरी बन्दैन । त्यसको लागि इन्जिनियर, श्रमिक, सामान एवम् आवश्यक धन जुटाउनुपर्छ । बालुवा मात्र हालेर पुल बन्न सक्दैन ।
तुरुन्तै ब्राह्मणले जवाफ दिए— अनि मन्त्रमाला जपेर मात्रै कसरी स्वर्ग प्राप्त हुन्छ ? त्यसको लागि संयम, ज्ञान एवम् परमार्थ जस्तो पुण्य पनि त गर्नुपर्छ ।
साधुले आफ्नो भूल बुझे र कर्मयोगी बने ।
साभार : ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरु’ पुस्तकबाट
प्रतिक्रिया