एक प्रेरक प्रसङ्ग ‘साधुको भूल’ « Khabarhub

एक प्रेरक प्रसङ्ग ‘साधुको भूल’


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक साधु नदी किनारमा बसेर माला जपिरहेका थिए । नजिकै बसिरहेका ब्राह्मणले जप गर्नुको कारण सोधे ।

साधुले उत्तर दिए— जप स्वर्ग प्राप्तिको लागि हो ।

ब्राह्मण पनि साधुसँगै बसे । उनले पनि एक एक मुठ्ठी बालुवा नदीमा राख्न थाले । यो देखेर साधुले सोधे— के गरेको ?

ब्राह्मणले भने— नदीमा पुल बनाउनेछु र त्यसबाट पारी जानेछु ।

मित्र ! पुल यसरी बन्दैन । त्यसको लागि इन्जिनियर, श्रमिक, सामान एवम् आवश्यक धन जुटाउनुपर्छ । बालुवा मात्र हालेर पुल बन्न सक्दैन ।

तुरुन्तै ब्राह्मणले जवाफ दिए— अनि मन्त्रमाला जपेर मात्रै कसरी स्वर्ग प्राप्त हुन्छ ? त्यसको लागि संयम, ज्ञान एवम् परमार्थ जस्तो पुण्य पनि त गर्नुपर्छ ।

साधुले आफ्नो भूल बुझे र कर्मयोगी बने ।

साभार : ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरु’ पुस्तकबाट

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ५ : १२ बजे

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने