लागूऔषध किन्न टेलिकमको तार चोर्ने पक्राउ « Khabarhub

लागूऔषध किन्न टेलिकमको तार चोर्ने पक्राउ


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- मेचीनगरमा इन्टरनेट र टेलिफोनको तार चोरी गरेको आरोपमा एक किशोरसहित दुई व्यक्ति पक्राउ परेका छन् ।

मेचीनगर नगरपालिका–७ को नयाँ बसपार्क क्षेत्रमा नेपाल टेलिकमको केबुल तार चोरी भएपछि विगत एक सातादेखि पूर्वीनाका काँकडभिट्टाका १५० टेलिफोन अवरुद्ध भएका छन् भने इन्टरनेट सेवा बन्द छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक सुनिल दाहालका अनुसार नेपाल टेलिकमको केवल तार चोरी गर्ने गिरोहका दुई जना भारतको पानीट्याङ्कीबाट पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा मेचीनगर–६ का १६ वर्षीय एक किशोर र भारत पानीट्याङ्कीका २१ वर्षीय सञ्जु वर्मन रहेका छन् ।  आइतबार राति पानीट्याङ्कीबाट पक्राउ गरेर दुवैलाई हाल इप्रका काँकडभिट्टाको हिरासतमा राखिएको छ ।

तार चोरीमा लामो समयदेखि गिरोह सक्रिय रहेको हुँदा अरु व्यक्तिहरुको खोजी कार्य तीव्र पारिएको दाहालले बताए ।

शनिबार राति काँकरभिट्टामा फेरि ७५ मिटर तार चोरी भएपछि प्रहरीलाई अभियुक्तको खोजतलासका लागि अनुरोध गरिएको नेपाल टेलिकम कार्यालय काँकरभिट्टाका प्रमुख श्यामकुमार अधिकारीले बताए ।

गत माघयता मेचीनगरमा ३०० मिटरभन्दा बढी केबुल तार चोरी भइसकेको छ । इँटाभट्टा र धुलाबारी क्षेत्रमा समेत विगतदेखि केबुल तार चोरीका घटना भइरहेका छन् ।

तार चोरी भएसँगै त्यसक्षेत्रका १५० वटा ल्यान्डलाइन र इन्टरनेट सेवा अवरुद्व हुँदा उपभोक्ताहरु आक्रोशित भएका छन् ।

“न टेलिफोन चल्छ, न इन्टरनेट नै”, मेचीनगर–६ का पूर्णबहादुर राईले भने, “आफन्तसँग फोन र भिडियो कलमा कुरा गर्न पाएका छैनौँ, केटाकेटीहरुले अनलाइनमा पढ्न पनि पाएका छैनन् ।”

तार चोरी गर्ने गिरोहलाई तत्काल पक्राउ गरी कारवाही गर्न र टेलिकमले सेवा चाँडो चालु गर्न राईले माग गरे । इमेलमा आएका महत्वपूर्ण डकुमेन्ट हेर्न र पठाउन नपाइएको सामुदायिक विकास मञ्चका अध्यक्ष सोमराज ढकालले बताए ।

हाल पक्राउ परेका दुवैजना लागूऔषध सेवनकर्ता रहेको प्रहरीको भनाइ छ । गिरोहले रातमा तार चोरी गरेर भारतको पानीट्याङ्की बजारमा लगी बिक्री गर्दै आएको पाइएको छ । त्यस्तो तार प्रतिकेजी रु एक हजारका दरले बिक्री हुने गरेको छ ।

कुलतमा फँसेका युवाहरु तार चोरीमा संलग्न हुने गरेको र त्यही धन्दाबाट आर्जित रकमले लागूऔषध खरिद गरेको पाइएको हुँदा अभिभावकसमेत छोराछोरीको आचरण निगरानीमा लाग्नु पर्ने देखिएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ६ : ५५ बजे

एमाले महाधिवेशन प्रतिनिधि निर्वाचन : कास्कीमा खगराज टिमभित्रै घात-अन्तर्घात

पोखरा- नेकपा (एमाले) जिल्ला कमिटी कास्कीमा महाधिवेशन प्रतिनिधि छनोटका कारण

सोमबार झिनो अंकले घट्यो नेप्से

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.२८ अंकले घटेको छ

बूढानीलकण्ठ स्कुलमा टियागो इभी ‘कार्निभल’ अन्तरस्कुल चित्रकला सम्पन्न

काठमाडौं– टाटा मोटर्सका लागि नेपालको अधिकृत वितरक सिप्रदी ट्रेडिङ प्रालिअन्तर्गत

प्रभु बैंकले लम्साललाई तोक्यो निमित्त प्रमुख 

काठमाडौं– प्रभु बैंकको कार्यवाहक सीइओको जिम्मेवारी निरज लम्सालले पाएका छन्

मेयर बालेनका पिताको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा राखिने

काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) का पिता रामनारायण