उच्च पहाडी र हिमाली भेगमा बदली, दिउँसो वर्षाको सम्भावना « Khabarhub

उच्च पहाडी र हिमाली भेगमा बदली, दिउँसो वर्षाको सम्भावना


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मुलुकमा स्थानीय वायुको प्रभावले आज उच्च पहाडी र हिमाली भेगमा बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बुधबार र बिहीबार पनि वर्षाको सम्भावना रहेको महाशाखाले विहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

यस्तो छ आगामी तीन दिनको पूर्वानुमान

वैशाख १४ गते (मंगलबार)

दिउँसो:  प्रदेश नं १, प्रदेश नं २ लगायत देशका अन्य पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भूभागका एक दुई स्थानमा अपरान्हपछि मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित क्षणिक बर्षाको सम्भावना छ ।

राति :  देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

वैशाख १५ गते (बुधबार)

दिउँसो:  प्रदेश नं १, प्रदेश नं २ लगायतका देशका पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानमा अपरान्हपछि मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

राति :  देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना छ ।

वैशाख १६ गते (बिहीबार)

दिउँसो:  देशका तराईका भू-भागमा आंशिक बदली र पहाडी भू-भागमा सामान्य बदली रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानमा  र तराईका एक-दुई स्थानहरुमा अपरान्हपछि मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

राति :  देशका तराईका भू-भागमा आंशिक बदली र पहाडी भू-भागमा सामान्य बदली रहनेछ । देशका पहाडी भूभागका  एक-दुई स्थानमा अपरान्हपछि मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ७ : २५ बजे

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल