ब्राउनसुगरसहित दुई युवा पक्राउ « Khabarhub

ब्राउनसुगरसहित दुई युवा पक्राउ


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर- उदयपुर जिल्लाको त्रियुगा नगरपालिकास्थित गाईघाट बजारबाट ब्राउनसुगरसहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ब्राउनसुगरसहित पक्राउ पर्नेमा त्रिनपा–३ मिलनचोकका ३४ वर्षीय श्यामकुमार चौधरी र सोही स्थान बस्ने अर्का २८ वर्षीय रेवत खातीलाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार बेलुकी त्रिनपा–३ को मिलनचोकको एक स्थानमा ब्राउनसुगर कारोबार हुँदैछ भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले सम्बन्धित स्थानमा छापा मार्दा २०० ग्राम ब्राउनसुगरसहित दुई युवालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको प्रहरीले बताएको छ ।

ब्राउनसुगरसहित पक्राउ गरिएका दुवैलाई जिल्ला प्रहरी कार्यलयको हिरासतमा राखेर अनुसन्धान शुरु गरिएको उदयपुरका प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताए ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ८ : १० बजे

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल