जानकी मेडिकल कलेजलाई कोरोना विशेष अस्पताल बनाउने निर्णय « Khabarhub

जानकी मेडिकल कलेजलाई कोरोना विशेष अस्पताल बनाउने निर्णय


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- जानकी मेडिकल कलेज तथा शिक्षण अस्पताललाई कोरोना विशेष अस्पताल बनाउने निर्णय भएको छ ।

सोमबार रमदैया स्थित जानकी मेडिकल कलेजमा दुई सय शैय्याको कोरोना विशेष अस्पतालको रुपमा संचालनमा  ल्याउने निर्णय भएको हो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले जिल्ला भित्रका सरकारी, अर्धसरकारी, निजि तथा समुदायिक अस्पताल र मेडिकल कलेजका प्रतिनिधिहरु संग भएको छलफलमा मेडिकल कलेजमा रहेको २ सय शैय्या (बेड)लाइ तत्काल कोभिड विशेष अस्पतालको रुपमा प्रयोग गरि संचालनमा ल्याउने निर्णय भएको जानकारी दिए ।

अस्पतालमा थप सेवा सुविधाको लागि प्रादेशिक अस्पताल, प्रदेश सरकार र संघिय सरकारसँग समनवय गर्ने निर्णयसमेत भएको छ ।

छलफलमा महामारी थप व्यापक कलेजको अस्पतालले न पुग्ने अवस्था आएमा निजि अस्पताल संघ धनुषाको सहाकार्यमा कुनै पनि निजी अस्पताललाई थप कोभिड डेडिकेटेड अस्पताल बनाउन सकिन निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी बास्तोलाको भनाइ छ ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ८ : २५ बजे

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल