नेपाल हुँदै अवैधरूपमा भारत गएका चार अफ्रिकन खेलाडी पक्राउ « Khabarhub

नेपाल हुँदै अवैधरूपमा भारत गएका चार अफ्रिकन खेलाडी पक्राउ


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा-  नेपालबाट अवैधरूपमा भारत प्रवेश गर्न खोज्ने चार अफ्रिकन खेलाडीलाई एसएसबीले नियन्त्रणमा लिएको छ।

मेचीनगर नगरपालिका–४ बाहुण्डागीस्थित मिलन चोकको नाकाबाट प्रवेश गरेका उनीहरुलाई एसएसबी ८ बी बटालियनको टोलीले टुक्रिया बस्ती नजिकैबाट सोमबार अपराह्न साढे ३ बजेतिर नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएका रिपब्लिक क्यामरुनका २५ वर्षीय टीना टीना डायडर, सोही ठाउँका ३० वर्षीय अगौमे अम्बासा लिन राउल, रिपब्लिक गिनी बिसाऊका २० वर्षीय क्यामरा फोफाना उसुमाने र रिपब्लिक बेनिनका २२ वर्षीय एडजोबो ओडजुमोनला आर्मल ओडिलो रहेका भारतीय एसएसबीले जनाएको छ ।

एसएसबीले उनीहरूको साथबाट एक थान पासपोर्ट, भारतीय रुपैयाँ ४८ हजार ३ सय ३०, नेपाली ५० रुपैयाँ, फुटबल जुत्ता र ब्याग बरामद गरेको छ ।

चारै जनालाई आवश्यक कारबाहीका लागि नक्सालवारी प्रहरीको  जिम्मा लगाइएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  १० : ५५ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका