सीटीईभीटीका परीक्षा र कार्यक्रम स्थगित « Khabarhub

सीटीईभीटीका परीक्षा र कार्यक्रम स्थगित


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले पनि आफ्ना परीक्षा र कार्यक्रमहरु तत्कालको लागि स्थगित गरेको छ ।

काठमाडौँ उपत्यकाका देशभरका विभिन्न भागमा कोरोना संक्रमण बढि रहेको भन्दै सीटीईभीटीले सबै परीक्षा र कार्यक्रमहरु बन्द गरेको हो ।

सीटीईभीटीले मंगलबार सूचना जारी गर्दै आफ्नो क्षेत्र अन्तर्गतका सम्पूर्ण परीक्षा तथा कार्यक्रम अर्का सूचना जारी नभएसम्मको लागि स्थगित भएको जानकारी दिएको छ ।

राष्ट्रिय सीप परीक्षण समिति, प्राविधिक प्रशिक्षण प्रतिष्ठान लगायत देशभर हाल सञ्चालन भईरहेका सैद्धान्तिक एवं प्रयोगात्मक परीक्षा र छोटो अवधिका तालिम कार्यक्रमहरु अर्का सूचना नआउँदा सम्मको लागि बन्द भएको जारी सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  २ : २८ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम