सांसदको कोरोना परीक्षणपछि मात्रै गण्डकी प्रदेशसभा बैठक बस्ने « Khabarhub

सांसदको कोरोना परीक्षणपछि मात्रै गण्डकी प्रदेशसभा बैठक बस्ने


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सांसद्को पीसीआर परीक्षणको माग गर्दै सत्तारुढ एमालेले नै अवरुद्ध गरेको गण्डकी प्रदेशसभाको बैठक सवै सांसद्को कोरोना परीक्षणपछि मात्रै बस्ने भएको छ ।

कोरोनाको जोखिम रहेको भन्दै पीसीआर टेष्ट नगरी बैठक चलाउन नदिने भन्दै सत्तारुढ दल नेकपा एमालेका सांसदहरुले प्रदेसभाको बैठक अवरुद्ध गरेको थियो ।

बैठक अवरुद्ध गरेपछि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सबै सांसद्को स्वाब संकलन गरी परीक्षण गरिने सहमति जुटेको हो । परीक्षणपछि कोरोना पोजेटिभ देखिएका सांसदले बुधबार हुने मतदानमा भाग लिन पाउने भए पनि बोल्न भने दिइने छैन ।

प्रदेससभाको बैठक बुधबार दिउँसो १ बजेलाई बोलाइएको सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिए । त्यसअघि सत्ता पक्षका सांसद्ले बैठक सुरु हुनेबितिकै उठेर विरोध गरेका थिए ।

एमालेका सांसद राजीव पहारीले प्रदेशमा सांसद दीर्घरोगी रहेकोले कोरोना महामारीको भयावह हुँदा सांसदहरूको पीसीआर टेष्ट नभइ संसद् सञ्चालन गर्न नहुने माग गरेका थिए ।

प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङविरुद्ध आइतबारमात्रै टेवल भएको अविश्वासको प्रस्तावमा आज मतदान हुने कार्यसूची राखिएको थियो ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ६ : ४६ बजे

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती