सरकारी अस्पतालको सेवा प्रभावकारी बनाउन मन्त्री पोखरेलको निर्देशन « Khabarhub

सरकारी अस्पतालको सेवा प्रभावकारी बनाउन मन्त्री पोखरेलको निर्देशन


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारी अस्पताललाई जनतामैत्री बनाउन निर्देशन दिएका छन् ।

काठमाडौँ क्षेत्र नम्बर ५ मा पर्ने चार ठूला सरकारी अस्पतालका प्रमुखसँगको आजको बैठकमा उनले असहाय र गरिब जनताको भरोसा नै सरकारी अस्पताल भएकाले अस्पतालको सेवामा सुधार गरी बिरामीलाई राहत दिन निर्देशन दिए ।

उपप्रधानमन्त्री पोखरेलले बाँसबारीस्थित गङ्गालाल अस्पताल पुगी आफ्नो निर्वाचन क्षेत्रमा पर्ने त्रिवि शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, गङ्गालाल हृदयरोग केन्द्र र नेपाल प्रहरी अस्पतालले प्रदान गर्दै आएका सेवा, सुविधा र समस्या समाधानका विषयमा छलफल गरेका हुन् ।

नेकपा (एमाले) का महासचिवसमेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले गत निर्वाचनका बेला जनतासँग गरेको प्रतिबद्धताअनुसार सरकारी अस्पतालको सेवा सहज, सरल र गुणस्तरीय बनाउन आफू प्रतिबद्ध रहेको बताए ।

छलफलमा काठमाडौँ क्षेत्र नम्बर–५ का प्रदेशसभा सदस्य दीपक निरौला पनि सहभागी भएका थिए ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  १० : ५९ बजे

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार