यसरी बनाउन सकिन्छ स्वादिष्ट मटन रोगन जोस « Khabarhub

यसरी बनाउन सकिन्छ स्वादिष्ट मटन रोगन जोस


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आवश्यक सामग्री :

१ किलो मासु, २५० ग्राम दही, १५० मि.लि. तेल, ल्वाङ, सुकुमेल ३/४ वटा, पिसेको लसुन १०० ग्राम, अदुवा पिसेको १०० ग्राम, खोर्सानीको धुलो एक चिया चम्चा, बेसारको धुलो आधा चम्चा, जिरा धनियाँको धुलो २/२ चिया चम्चा, प्याज ३०० ग्राम, गरम मसला १ चम्चा, जाईपत्तीको धुलो १ चम्चा, हरियो धनियाँ, नुन, मरिचको धुलो इच्छानुसार, अजिनोमोटो १ चिया चम्चा, भएमा इच्छानुसार काजु र किसमिस पनि ।

बनाउने तरिका :

प्याजलाई फ्राई गरेर छुट्टै राख्नु, मासुलाई सानो पिस गरेर काट्नु र सफा गरेर दहीमा मल्नु, एउटा भाँडोलाई आगोमा तताई तेल राख्नु र त्यसमा सुकुमेल, ल्वाङ, बेसार राखी १० सेकेण्ड जति चलाउनु र लसुन, अदुवा, खोर्सानी, जिरा, धनियाँ, नुन आदिको धुलो राखी एकछिन चलाउनु । अब अघि दही मलेर राखेको मासु त्यस भुटेको मसलामा राखी सानो आगोमा पकाउनु । यदि नपाकेमा तातो पानी राखेर पकाउनु । मासु पाकेपछि फ्राई गरेको प्याज राखी रापमा १० मिनेट जति छोपी चलाउनु । त्यसपछि गरम मसला, सुकुमेल, जाईपत्ती, आदिको धूलो राख्ने र अन्तमा अदुवाको पिस, धनियाँको पत्ता छरिदिने । अब स्वादिष्ट परिकार तयार भयो ।

साभार : ‘सजिलो कुकिङ’ पुस्तकबाट

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ६ : ०५ बजे

गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता

काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब नरेन्द्र मोदी विमानस्थल

काठमाडौँ- भारतमा नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम परिवर्तन गरी नरेन्द्र मोदी

लिग-२ : नेपालले विश्वकप खेल्ने सम्भावना कति ?

काठमाडाैँ – आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको