यसरी बनाउन सकिन्छ स्वादिष्ट मटन रोगन जोस « Khabarhub

यसरी बनाउन सकिन्छ स्वादिष्ट मटन रोगन जोस


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आवश्यक सामग्री :

१ किलो मासु, २५० ग्राम दही, १५० मि.लि. तेल, ल्वाङ, सुकुमेल ३/४ वटा, पिसेको लसुन १०० ग्राम, अदुवा पिसेको १०० ग्राम, खोर्सानीको धुलो एक चिया चम्चा, बेसारको धुलो आधा चम्चा, जिरा धनियाँको धुलो २/२ चिया चम्चा, प्याज ३०० ग्राम, गरम मसला १ चम्चा, जाईपत्तीको धुलो १ चम्चा, हरियो धनियाँ, नुन, मरिचको धुलो इच्छानुसार, अजिनोमोटो १ चिया चम्चा, भएमा इच्छानुसार काजु र किसमिस पनि ।

बनाउने तरिका :

प्याजलाई फ्राई गरेर छुट्टै राख्नु, मासुलाई सानो पिस गरेर काट्नु र सफा गरेर दहीमा मल्नु, एउटा भाँडोलाई आगोमा तताई तेल राख्नु र त्यसमा सुकुमेल, ल्वाङ, बेसार राखी १० सेकेण्ड जति चलाउनु र लसुन, अदुवा, खोर्सानी, जिरा, धनियाँ, नुन आदिको धुलो राखी एकछिन चलाउनु । अब अघि दही मलेर राखेको मासु त्यस भुटेको मसलामा राखी सानो आगोमा पकाउनु । यदि नपाकेमा तातो पानी राखेर पकाउनु । मासु पाकेपछि फ्राई गरेको प्याज राखी रापमा १० मिनेट जति छोपी चलाउनु । त्यसपछि गरम मसला, सुकुमेल, जाईपत्ती, आदिको धूलो राख्ने र अन्तमा अदुवाको पिस, धनियाँको पत्ता छरिदिने । अब स्वादिष्ट परिकार तयार भयो ।

साभार : सजिलो कुकिङ पुस्तकबाट

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  ६ : ०५ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी