स्थानीय तहमा चिकित्सकसहितका कोरोना अस्पताल « Khabarhub

स्थानीय तहमा चिकित्सकसहितका कोरोना अस्पताल


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलेश्वर- बागलुङ जिल्लामा कोरोना सङ्क्रमण बढ्दो छ । कोरोना रोकथाम र नियन्त्रणका लागि स्थानीय तहले सीमित स्रोत र साधनका बीच यथाशक्य काम गर्दै आएका छन् ।

यद्यपि नागरिकमा सचेतनामा कमी र लापरवाही हुँदा दूरदराजका गाउँहरु कोरोनाका ‘हट स्पट’ बन्दै गइरहेका छन् ।

अहिले बागलुङका १० स्थानीय तहमध्ये पाँच स्थानीय तहले चिकित्सक र अक्सिजनसहितको सुविधा सम्पन्न कोभिड अस्पताल सञ्चालनमा ल्याएका छन् ।

जिल्लामा सबै स्थानीय तहले अक्सिजनसहितका आइसोलेशन कक्ष स्थापना गरे पनि पाँच स्थानीय तहमा मात्रै चिकित्सक रहेका छन् ।

सरकारले अस्थायी कोरोना अस्पतालका लागि एक पालिकामा एक चिकित्सकको दरबन्दी तोके पनि पाँच वटा स्थानीय तहले चिकित्सक नियुक्ति गर्न नसकेको जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत गणेश गौतमले जानकारी दिए ।

“चिकित्सकको अभाव जिल्लाको धौलागिरि अस्पतालमा समेत छ, केही स्थानीय तहले सेवा सुविधा थप गरेरसमेत चिकित्सक राख्नुभएको छ”, गौतमले भने, “बागलुङ नगरपालिकाको आइसोलेशनमा अस्पतालकै चिकित्सकले सेवा दिएका छन्, अन्य चार पालिकामा भने चिकित्सक नभए पनि नर्सहरुले सेवा दिएका हुन् ।”

चिकित्सकसहितको कोरोना अस्पताललाई मान्यता दिए पनि अन्यले समेत कोरोना कहरमा सेवा दिइरहनु राम्रो भएको गौतमको भनाइ छ ।

डाक्टर र एम्बुलेन्ससहितको आइसोलेशन प्रभावकारी हुने र अन्य आइसोलेशनले बिरामीको सामान्य हेरचाह मात्रै गर्न सक्ने जिल्ला प्रशासनको ठहर छ ।

जिल्लामा चिकित्सक, अक्सिजन र एम्बुलेन्ससहितका १२० शय्याको कोरोना अस्पताल र ३७ शय्याको अक्सिजनसहितको अस्पताल गरी जिल्लामा जम्मा १५७ शय्याको अस्थायी कोरोना अस्पताल रहेको जिल्ला प्रशासनको तथ्याङ्कमा उल्लेख गरिएको छ । यस तथ्याङ्कमा सामान्य आइसोलेसन शय्या समावेश गरिएको छैन ।

धौलागिरि अस्पतालमा ३५ शय्याको आइसोलेशनमा २१ चिकित्सक कार्यरत रहेको र १० स्थानीय तहमध्ये १० शय्याको ढोरपाटन अस्थायी कोरोना अस्पतालमा तीन चिकित्सक र दुई नर्स, बागलुङ नगरपालिकाको रात्माटामा रहेको ३५ शय्याको आइसोलेशनमा धौलागिरि अस्पतालका चिकित्सकरुले नियमित हेरचाह गरिरहेको, ताराखोला गाउँपालिकामा एक चिकित्सक, अक्सिजन तथा एम्बुलेन्ससहित १५ शय्याको अस्पताल, जिल्लाको बरेङ गाउँपालिकामा एक चिकित्सक, अक्सिजन तथा एम्बुलेन्ससहित पाँच शय्याको अस्पतालले सेवा दिइरहेका छन् ।

यस्तै जिल्लाको बडिगाड गाउँपालिकामा एक चिकित्सक, चार नर्ससहित १० शय्या र गलकोट नगरपालिकामा दुई चिकित्सकसहितको अस्पताल सञ्चालनमा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यस्तै निसीखोला गाउँपालिकामा पाँच शय्याको कोरोना अस्पताल सञ्चालनमा आए पनि चिकित्सक छैनन् । जिल्लाको जैमिनी नगरपालिकामा १२ शय्याको कोरोना अस्पताल सञ्चालनमा ल्याउने तयारी भए पनि चिकित्सकको करार सकिएकाले केही ढिलाइ भएको छ । तमानखोलामा पाँच शय्याको कोरोना अस्पताल र काठेखोलामा पाँच शय्याको कोरोना अस्पताल सञ्चालनको तयारीमा रहेको छ ।

जिल्ला प्रशासनको तथ्याङकअनुसार चिकित्सकसहितका छ अस्पतालमा १२० शय्या, नर्ससहितको चार अस्पतालमा ३७ शय्या सञ्चालनमा रहेको तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिकाले सञ्चालन गरेको अस्पतालबाहेक सबै अस्पतालमा एक/एक वटा गरी नौ वटा एम्बुलेन्ससमेत व्यवस्था गरिएको छ ।

यस्तै जिल्लाका सबै कोरोना अस्पतालमा ३० चिकित्सक, ७६ नर्स तथा ३३१ वटा अक्सिजन सिलिण्डर रहेका छन् ।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  १० : ५५ बजे

ओलीको कटाक्ष : देशका चर्चित भनिएका मानिसहरू नसामा भेटिन्छन्

काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशका चर्चित भनिएका

जेन-जी आन्दोलनकामा आगजनी गरिएको कांग्रेस कार्यालय पुनः निर्माण गरिँदै (तस्बिरहरू) 

काठमाडौं– भाद्र २४ गते जेन-जी आन्दोलनका क्रममा आगजनी गरिएको ललितपुरको सानेपास्थित

१७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती

एजेन्सी – सत्र वर्ष लामो निर्वासनपछि बङ्गलादेश नेसनालिस्ट पार्टी (बिएनपी) का

ज्याला उठाउनै मुस्किल भएपछि गलैँचा बुन्न छाड्दै महिला

मलेखु– यहाँको नीलकण्ठ नगरपालिका–८, ज्यामिरेकी देवकी श्रेष्ठले एक वर्षअघि तीन

त्रिविको दीक्षान्त समारोह, सोह्र हजार विद्यार्थी दीक्षित (तस्बिरहरू)

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोहमा आज १६ हजार ३००