स्वास्थ्यकर्मीको सम्मानमा रणजितको ‘नसोध मलाई’ « Khabarhub

स्वास्थ्यकर्मीको सम्मानमा रणजितको ‘नसोध मलाई’


१३ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक तथा संगीतकार डा. रणजितकुमार झाले कोभिड–१९ बाट संक्रमित बिरामीहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मीको सम्मानमा ‘नसोध मलाई’ बोलको गीत सांगीतिक बजारमा लिएर आएका छन् ।

गीतमा गिरिराज निरौलाको शब्द तथा डा. झा र निरौलाकै संगीत छ । डा. झा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सिनियर कन्सल्ट्यान्ट फिजिसियन तथा प्रमुखको रुपमा कार्यरत छन् ।

गीतमा संक्रमितहरुको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुको मनोदशा चित्रणसँगै स्वास्थ्यकर्मीहरुले आफ्ना सम्पूर्ण पीडाहरु बिर्सिएर बिरामीको उपचारमा सक्रिय छन् भन्ने सन्देश दिइएको छ ।

डा.झाका अनुसार गीतकार निरौलाले गत वर्ष कोरोना संक्रमणको जोखिमकै बीच सम्पूर्ण स्वास्थ्यकर्मीहरुको बाध्यतालाई गीतमा उतारेका थिए ।

गीतमा महाराज थापाको संगीत संयोजन छ भने साजन शाहले मिक्सिङ तथा मास्टरिङ गरेका छन् ।

भिडियोमा निर्देशक निशान कश्यपको अवधारणा तथा निर्देशन रहेको छ । महेश खड्का र सुशिला थापाको अभिनय गरेको भिडियोमा गायक डा.झा पनि देख्न सकिन्छ । भिडियोमा अस्पतालमा उपचाररत संक्रमितहरुलाई पनि चित्रण गरिएको छ ।

मुकेश हुमागाईंको छायांकन रहेको भिडियोमा निर्देशक कश्यपकै रंग संयोजन तथा सम्पादन छ । भिडियो डा.झाकै आधिकारिक यूट्युब च्यानल रणजीतकुमार झामार्फत सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : १३ जेठ २०७८, बिहीबार  १२ : ०५ बजे

इन्डोनेसिया भूकम्प : मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी

लाबुआन बाजो- इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार

मुस्ताङ प्रदेश अस्पतालको एम्बुलेन्स आफैँ बिरामी

मुस्ताङ– मुस्ताङको एकमात्र २५ शय्याको प्रदेश अस्पताल जोमसोममा रहेको एम्बुलेन्स

जाजरकोट पहिरोः तीन जनाको मृत्यु, दुई बेपत्ता

काठमाडौँ – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

इन्डोनेसिया भूकम्प: नेपाल सरकार र नेपाली जनताका तर्फबाट गहिरो सहानुभूति र समवेदना

काठमाडौँ – इन्डोनेसियाको फ्लोरेस द्वीपमा गएको विनाशकारी ७.७ म्याग्निच्युडको भूकम्प

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ